समाजवादी काङ्ग्रेसले श्रावण ३ गते ‘नया बिचार र नया नेतृत्व ‘ को लागि दीप प्रज्वलन गर्ने


काठमाडौं / नेपाल समाजवादी काङ्ग्रेसले सर्वोच्चको प्रतिनिधि सभा पुनस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेश प्रति असन्तुष्टी प्रकट गरेको छ ।

आज बसेको  केन्द्रिय समितिको बैठकले देशमा देखिएको अस्थिरता सम्बन्धिको बिषय माथी छलफल गर्दै देश बिघटनको बाटोमा लम्केकोले बर्तमान राज्यब्यवस्था खारेज हुनु पर्नेमा जोड दिएको छ।

स्थापनाकाल देखि नै संघियता र धर्मनिरपेक्षताको बिरोध गर्दै आएको समाजवादी काङ्ग्रेसले आगामी श्रावण ३ गते राष्ट्रिय राजनीतिमा ‘नया बिचार र नया नेतृत्व ‘ को लागि दीप प्रज्वलन गर्ने भएको छ । पार्टी अध्यक्ष गोबिन्द निरौलाका अनुसार उक्त दिन १ बजे बबर महल देखि माइतीघर मण्डला सम्म पैदल यात्रा गरिनेछ। जसको जिम्मेवारी पार्टी सचिव मानबहादुर गुरुग तथा सहसचिव पुष्पा राणा घलेलाई दिइएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।


सम्बन्धित खवर