३ स्रावण ,काठमाडौं । राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको मुद्धा अघि सारेर राष्ट्रिय नागरिक आन्दोलन २०७८ घोषणा गरेको नेपाल समाजवादी काङ्ग्रेसले नँया नेतृत्व – नँया बिचार सहित आधुनिक बिकास भन्दै काठमाण्डौको माइतीघर मण्डलामा दिप प्रज्वलन
गरेको छ। कन्याकुमारी मञ्जरी गुरुङबाट उदघाटन गराइएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष गोबिन्द निरौलाले दिप प्रज्वलन गरेका थिए। बबरमहल पुल बाट सुरु गरिएको कार्यक्रममा नेपाल समाजवादी काङ्ग्रेसले पैदलयात्रा गर्दै माइतीघर मण्डला पुगेर नेपाली जनताहरुलाई देश बचाउनको लागि आन्दोलनमा सहभागी हुन आब्हान गरेको छ।
उक्त कार्याक्रममा अध्यक्ष निरौलाले बर्तमान शासकहरु हत्या, अपहरण र बलत्कारका संरक्षक बनेका, देश भ्रस्टचारमा रमाएको, संघियताले देश बिघटनको बाटोमा लगेको, संविधान असंबैधानिक र बिभेदित रहेको, देशको प्रधानमन्त्री अदालतबाट तोकिनु प्रजातन्त्रको नाममा निरंकुशताको जन्म भएकोले नागरिक प्रजातन्त्रको स्थापना गर्न आवश्यक भएको हुदा आन्दोलनमा उत्रनु परेको भन्ने बताएका थिए। संघियता र धर्मनिरपेक्षताको खारेजी नभए देश नबच्ने भन्दै अध्यक्ष निरौलाले सामाजिक महत्व स्थापित गर्न पनि परिबर्तन आवश्यक भएको कुरा औलाएका थिए।
सचिव मानबहादुर गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा सहसचिव पुष्पा राणा घलेले आन्दोलनमा साथ दिन सबै जनताहरुमा आब्हान गरेकी छन्। त्यस पार्टीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेर ७७ वटै जिल्लामा आमसभा गर्ने जनाएको छ। अवको कार्यक्रम काठमाण्डौको रत्नपार्कमा खुल्ला बहस हुने नेपाल समाजवादी काङ्ग्रेसले जनाएको छ।