महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार अधिकारीसहितको समूहले नेपाली सेनाका लागि चाहिने ३५ हजार थान बुट खरिदको ठेक्का पाएको थियो, त्यसको कारोबारका लागि खोलिएको खाताबाट कीर्ते गरी रकम निकालिएको जाहेरी प्रहरीमा परेको छ ।‘रकम भुक्तानीका लागि फुट केयर इन्डष्ट्रीका नाममा प्रभु बैंकमा खाता खोलिएको सिंहले बताए । तर भुक्तानी नगरी सञ्चालन समिति नै फेरबदल गरेर दर्खास्त कीर्ते र विश्वासघात गरेको भन्दै जाहेरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।’
काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार अधिकारीले ४ करोड ८७ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा उल्लेख छ । थप अनुसन्धान भइरहेको विष्टको भनाइ छ ।