सल्यानमा एकै विद्यालयका ८ जना शिक्षकमा कोरोना संक्रमण


सल्यानको कपुरकोट गाउँपालकिा-४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीले जानकारी दिए ।

संक्रमित ८ शिक्षकमध्ये एकजना कोरोनामुक्त भइसकेका छन् । विद्यालयका अन्य ६ जना शिक्षकको पनि परीक्षणका लागि स्वाब पठाइएको छ । उनीहरुको रिपोर्ट आइनसकेको डाँगीले बताए ।

यही मंसिर ७ गतेदेखि पठनपाठन सुरु गरेको विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको थियो ।


सम्बन्धित खवर