नेपाल कम्युनिस्ट पार्टी रसुवा जनश्रममा सक्रिय


नेपाल कम्युनिस्ट पार्टी रसुवा जनश्रममा सक्रियताका साथ जुटेको छ ।

नेकपाका केन्द्रीय सदस्य एवं रसुवा, नुवाकोट ईन्चार्ज क. विन्दु , विशेष कमिटीका क. ध्रुव र सेक्रेटरी क. विराज लगाएत स्थानिय नेता कार्यकर्ताको उपस्थितिमा रोपाइ चलिरहेको छ ।

ईन्चार्ज क. विन्दुले पार्टीलाई जनता संग जोड्न र श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता अनिवार्य उत्पादनमा लाग्नु पर्ने बताउनु भयो ।

विशेष कमिटीका कमरेड ध्रुवले किसानहरु उत्पादनका सम्बहाक भएकाले खाध्य उत्पादन मानव समाजलाई वचाउने उतक्रिष्ट काम भएको बताउनु भयो ।

सेक्रेटरी कमरेड विराजले वैज्ञानिक समाजवादमा देशलाई आत्मनिर्भर बनाउन खाध्य उत्पादन अपरिहार्य भएकाले सबैले उत्पादनमा भागलिनु पर्ने बताउनु भयो । आज जिल्लाको उत्तरगयाँ गाउँपालीका ५ छापमा रोपाइ गरिएको हो ।

श्रावण ५ गते धारापानी र ६ गते सिम्लेमा पनि रोपाइ कार्यक्रम रहेएको छ ।


सम्बन्धित खवर