चीनबाट आइपुग्‍यो ८ लाख भेरोसेल खोप – ३ दिनभित्र २५ लाख मात्रा आइपुग्ने


काठमाडौँ— चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको भेरोसेल खोप थप आठ लाख मात्रा बिहीबार काठमाडौँ आइपुगेको छ ।

नेपाल सरकारले खरिद गरेको खोप आज दिउँसो साढे २ काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

चीनसँग खरिद गरेको खोप यसअघि असार २५ गते नेपाल एयरलाइन्सकै विमानले ८ लाख मात्रा खोप ल्याएको थियो ।

खोप ल्याएको विमान आज नै खोप लिनका लागि पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ ।

नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने छ । अब साउन ९ गते खोप लिन पुनः नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने छ ।

चीन सरकारले यसअघि अनुदान सहयोगमा १८ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।


सम्बन्धित खवर