बाग्मती प्रदेशमा हतारमा मुख्यमन्त्री परिवर्तन – अष्टलक्ष्मी शाक्यले लिइन् सपथ


काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएका थिए ।

पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले प्रदेश सभा सांसद दीपक निरौलाले शाक्य मुख्यमन्त्रीमा नियुक्त भएको जानकारी दिए । ‘अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ,’ निरौलाले भने ।

बागमती प्रदेशमा एमालेको एकल बहुमत छ । १०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद छन् ।


सम्बन्धित खवर