पहिरोमा परी चार जनाको मृत्यु


३ भाद्र / रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं ५ स्थित कोलडाँडमा बिहिबार बिहान ३ः३० बजे भीषण वर्षाका कारण गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कमला ग्लान , सोकिता ग्लान , सुकुमाया ग्लान र आशीष ग्लान रहेका छन् । घाईते श्यामबहादुर ग्लानको उपचार भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी रसुवा जिल्ला समितिका तर्फबाट सेक्रेटरी बिराज द्वारा जारी विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहत प्याकेज उपलब्ध गराउन आग्रह गरिएको छ ।


सम्बन्धित खवर