युगान्तर मिडियाको कार्यालय समुद्घाटन


युगान्तर खबर डटकम तथा युगान्तर टिभीको सञ्चालन गर्दै आइरहेको युगान्तर मिडिया प्रा.लि.को कार्यालय नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा समुद्घाटन भएको छ । प्रमुख अतिथि केसीले लोकतन्त्रको मेरुदण्ड भनेकै  निष्पक्ष पत्रकारिता भएकोले आफू सदैव युगान्तर मिडियासंग रहेको बताउनु भयो ।

पूर्व सांसद ऋषिबाबु परियार , नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौला , टानका अध्यक्ष खुम सुवेदी , स्वतन्त्र पत्रकार संघका वरिष्ठ उपाध्यक्ष केबी सम्राट , दलित आत्मरक्षा अभियान नेपालका डा. मित्र परियार , ग्रिल तथा स्टिल व्यवसायी महासंघका प्रथम उपाध्यक्ष ठूलो बाबु श्रेष्ठ लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिंदै युगान्तर खबर डटकमको प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रम युगान्तर खबर डटकमका कार्यकारी सम्पादक रघु परियारको सञ्चालनमा र युगान्तर मिडियाका अध्यक्ष बसन्त परियारको सभापतित्वमा सम्पन्न भएको थियो ।

 


सम्बन्धित खवर