ओली र फतिमाबीच भेटवार्ता


काठमाडौं, भदौ २४ गते । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमण आउनुभएको एमसीसीका उपाध्यक्ष फतिमा सुमारको टोलीबीच बिहीबार भेट सम्पन्नभयो ।

भेटमा एमाले अध्यक्ष ओलीले अहिले आफूहरु प्रमुख प्रतिपक्षको भूमिकामा रहेकोले यसको जिम्मा सत्तारुढ दलको रहेको बताउनुभएको भेटमा सहभागी एमाले नेता डा.राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले वर्तमान अवस्थामा एमसीसीबारे सत्तापक्षको स्पष्ट धारणा नआएसम्म प्रतिपक्षी दलले यसबारे धारणा बनाउनु हतारो हुने विषय समेत अध्यक्ष ओली र सुमारबीचको छलफलका क्रममा उठेको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसी सम्बन्धमा प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल नै गर्न नचाहेको समेत नेता भट्टराईले बताउनुभयो ।

प्रतिपक्षी दललाई सत्तापक्षले आवश्यक नै ठानेको छैन, एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष सुमारबीचको भेट सम्पन्न भएपश्चात् यसबारे जानकारी दिनुहुदै भट्टराईले सञ्चारमाध्यमसँग बताउनुभएको हो । गोर्खापत्रमा खबर छ ।


सम्बन्धित खवर