पत्रकारिता स्वतन्त्रताको पर्याय : अर्थमन्त्री प्रभाकर


काभ्रे । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको प्रथम राष्ट्रिय सम्मेलनको शुक्रवार उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नागरिक र पत्रकार को स्वतन्त्रता हनन गर्ने गरि सरकारले कुनै पनि निर्णय नगर्ने जानकारी दिए । उनले पत्रकारको हितको लागि सधै तयार रहेको बताए।अर्थमन्त्री प्रभाकरले पत्रकारिता स्वतन्त्रताको पर्याय भएको बताएका छन्।

दुई दिनसम्म चल्ने सम्मेलन को पहिलो दिन चार जना अग्रज पत्रकार र विभिन्न विधाका पत्रकारलाई सम्मान गरेको छ।

सम्मेलन धुलिखेल घोषणापत्र सार्वजनिक गरेर सम्पन्न हुनेछ।कार्यक्रममा एसोसिएट संस्थाका सबै पदाधिकारीहरुको उपस्थिति थियो। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विषठ, महासचिव रोसन पुरी लगायतको उपस्थिति थियो।

कार्यक्रममा एसोसिएट प्रदेशमा आबद्ध ७० वर्ष नाघेका पत्रकार मोहन श्याम महर्जन, गजेन्द्रमान अमात्य, समज्ञ लकौल र श्याम चित्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै गरी कोरोनाका बीच जोखिम मोलेर अहोरात्र खट्नु हुने पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैकुण्ठराज पराजुलीले सभापतित्व गर्नुभएको थियो ।


सम्बन्धित खवर