नेपाली जनता दल र नेपाल दलित पार्टी बीच एकिकरण


४भदौ , काठमाडौं / नेपाली जनता दल र नेपाल दलित पार्टीबीच एकिकरण सम्पन्न भएको छ । सोमबार बेलुकी संयुक्त पार्टी एकिकरण समारोहको आयोजना गरी अब उप्रान्त “नेपाली जनता पार्टी ” रहने पनि सो अवसरमा जानकारी गराइएको थियो ।

२०५१ सालमा गठन भएको नेपाली जनता दल पूर्वसांसद हरिचरण शाहले नेतृत्व गर्दै आइरहनु भएको थियो भने २०७० सालमा गठन भएको नेपाल दलित पार्टी मेघबहादुर कामीले नेतृत्व गर्दै आइरहनु भएको थियो ।

एकिकृत पार्टीको नाम तय भएपनि चुनाब चिन्ह , भण्डा , विधान , नियमावली तथा नेतृत्वका सन्दर्भमा छलफल गरी टुङ्गो लगाउने जिम्मा भने एकिकृत कार्यदलले प्राप्त गरेको छ । कार्यदलमा रघु परियार , बिनोद रसाली , यामबहादुर जीसी , भक्त विश्वकर्मा , राम टमटा , स्वर्णिम लामगादे, रोशनी कर्माचार्य रहनुभएको छ ।

विगत लामो समय देखि संचालित एकता महाअभियान अब एकिकृत पार्टी बनेको नेपाली जनता पार्टीले पनि निरन्तरता दिने बताइएको छ । असोज १५ भित्र थप केही पार्टीसँग एकता हुन सक्ने पनि सो अवसरमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेतृत्वद्वय हरिचरण शाह र मेघबहादुर कामीले अब उपेक्षित , उत्पीडित तथा श्रमजीवी जनताको पक्षमा काम गर्ने दलहरूबीच एकिकरणको विकल्प नभएको बताउनुभयो ।


सम्बन्धित खवर