
मेट्रिक प्रणालीमा आधारित जन चेतनामूलक होर्डिङ बोर्ड निर्माणार्थ डीएस नेपाल र व्यवसायी सुमन तामाङ बीच सम्झौता भएको छ ।
काठमाडौं देखि धादिङ सम्म पृथ्वी राजमार्ग र कालु पाण्डे राजमार्गमा गरी कुल २०५ वटा जनचेतना मूलक होर्डिङ बोर्ड निर्माण गर्न लागिएको हो ।
आरम्भमा काठमाडौं देखि धादिङको धुनी बेंसी सम्म ३० वटा होर्डिङ बोर्ड निर्माण गरिनेछ ।
डीएस नेपालको संयोजनमा संचालन हुने प्रोजेक्टमा युगान्तर मिडियाले मार्केटिङमा सहकार्य गर्नेछ ।
