आज काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्यापसअगाडि उनीहरूले खाली सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन्।
विभिन्न दलनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायत पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त रूपमा प्रदर्शनमा उत्रिएका हुन्।
त्यसक्रममा प्रदर्शनकारीले ‘मूल्यवृद्धि खारेज गर’, ‘कालोबजारी नियन्त्रण गर’ ‘संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले बाेकेका प्रदर्शन सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौ ? गरिब जनताको घरमा म कसरी बल्ने ?’ लेखेर टाँसिएको थियो।
नेपाल आयल निगमले केही दिनअघि मात्र पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३/३ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएको थियो।
