
२३ मंसीर ,सप्तरी / नेपाली जनता दलको सप्तरी जिल्लाको खडक नगरपालिका कमिटीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संंबोधन गर्दै पूूर्व सांंसद् एवं राष्ट्रिय अध्यक्ष हरिचरण शाहले नेपालको भविष्य पुरातनवादी शक्तिहरूबाट संभव नभएकोले अब नेपाली जनता दलको विकल्प नभएको बताउनुभयो ।

बरिष्ठ उपाध्यक्ष रघु परियारले समावेशी / समानुपातिक र सामाजिक न्यायको सिद्धान्त नै नेपाली जनता दलको बैचारिक हतियार भएकोमा जोड दिनुभयो ।
संगठन विभाग प्रमुख याम बहादुर जीसीले अगुवा कार्यकर्तालाई जनस्तरमा जान निर्देशन दिनुभयो भने कार्यवाहक महासचिव रामबाबु रजकले नेपाली जनता दल इमानको राजनीति गर्न कहिल्यै नचुक्ने कुरामा जोड दिनुभयो ।
केन्द्रीय सदस्य रनवीर लावती , सप्तरीका अगुवा हाशी अली , केन्द्रीय सदस्य सबुरलाल मंडल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम खडक नगरपालिकाका मेयरको उम्मेदवार श्रवण चौधरीको संयोजकत्वमा र रामविलाश सदाको संचालनमा भएको थियो ।
