नेपाल कम्युनिस्ट पार्टी रसुवाले किसानहरुको खेतमा १२९ औं माओ दिवस मनायो


रसुवा / नेपाल कम्युनिस्ट पार्टी रसुवाले किसानहरुको खेतमा १२९ औं माओ दिवस मनाएको छ ।

खेतमा नै किसानहरु संग चिया पान गर्दै सो कार्यक्रममा जिल्ला सेक्रेटरी कमरेड विराजले चिनमा माओले किसानहरुको माझ बाट दिर्घकालीन जनयुद्धको खाका कोरेको बताउनु भयो ।

आफ्नो देशको अनुकुलतामा कसरी क्रान्ति गर्ने भन्ने नयाँ विचार दिदै माओले संसार भरिका कम्युनिस्ट क्रान्तिकारीकलाई उत्साहित बनाउदै सन १९४९ मा चिनमा जनवादी क्रान्ति गरेकैले आजको चिन विश्वको महाशक्ति राष्ट्र बनेको बताउनु भयो ।

उहाँले एकीकृत जनक्रान्ति पनि नेपाली विशेषताको क्रान्तिको नयाँ मोडल भएकाले जनमतसंग्रह द्वारा वैज्ञानिक समाजवाद आउने विश्वास व्यक्त गर्नु भयो ।उक्त कार्यक्रमको सन्चालन नेकपा रसुवाका जिल्ला सदस्य सन्तोषले गर्नु भएको थियो ।

साथै १२९ औं माओ दिवसको अबसरमा जिल्ला सेक्रेटरी विराजले नेकपाका केन्द्रीय सदस्य एवं रसुवा नुवाकोट इन्चार्ज क विन्दुलाई माओको फोटो उपहार दिनुभएको थियो ।


सम्बन्धित खवर