गङगाजमुना गाउँपालिकामा अनियमिता बढ्दो


धादिङ / धादिङ जिल्लाको एतिहासिक गाउपालिका हो गङगाजमुना । तर जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा लिप्त भैरहेपछी अहिले बदनाम भएको छ । यसै कारणले सर्बदलिय बैठकमै ताला लगाउने काम भएको छ ।

गङ्गाजमुना गाउपालिकामा भएको अनियमितता एक पछि अर्को गरि बाहिरी रहेको छ।आफ्नै गाउपालिकामा अनुदानमा आएको ट्याक्टर कर्मचारी सहितको मिलेमतोमा अन्य पालिकामा बिक्री गरियो ।अनुदान मै आएको बिउबिजन केही कृसकलाइ मात्र दिइयो ।जसबाट अनियमितता भएको प्रष्ट हुन्छ। गाउपालिकामा करारमा राखिने कर्मचारीमा समेत कुनै छलफल हुँदैन ।फाल्ने राख्ने भैरहन्छ।त्यसैगरी कृषि अनुदानको फलफुलको बिरुवाको बितरन गर्दा बिरुवाको जात र संख्याको महल खाली राखी भर्पाइ गराइ अनियमितता गरिएको छ। च्यापकटर खरिदगरि अर्को ब्यापारीको बिल पेस गरि तीन बर्षको मेसिनलाइ 5 बर्षको बिल बनाइ अनियमितता गरिएको प्रष्ट रहेको छ ।


त्यसैगरी शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा पुर्बाग्रही तरिकाले एकलौटी गरि योग्यता र दक्षता को कुनै मूल्याकंन नगरी नियुक्ति गरियो । गाउपालिकाकै अध्यक्षको छोरालाई स्वास्थ्री बिभाग संयोजक र गापाको हरेक सामान खरिद बिक्री संयोजक समेतको जिम्मा दिई नितिगत भ्रष्टाचार गरिदै आएको छ। जस्तो,बिद्यालयका किशोरी विद्यार्थीको लागी छुट्याइएको बजेत बिद्यालयको खातामा निस्कासन गर्नुपर्नेमा उक्त रकम स्वास्थ्य संयोजकले नै मनोमानी तबरले प्याड खरिद गरि बिक्री समेत गरिएको बुझिन आएको छ । उपाध्यक्ष तथा शिक्षा साखामा महिला नै हुदा पनि कुनै सरसल्लाह नगरि अनियमितता गरिएको हो । यस्ता अनियमितता र गलत रबैयाको बिरोध र असहमती राख्ने कर्मचारीहरुलाइ अपायक सरुवा र अनावश्यक दुख दिने गरिएको स्थानिय तथा पर्यटन ब्यबसायी गोपाल थापा बताउनु हुन्छ ।


सम्बन्धित खवर