संसद् बैठकपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने कांग्रेस ।


काठमाडौं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार सम्पन्न पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो।

सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा अहिले विभिन्न छलफल,बहस सुरु भएको छ ,यो समयमा नेपाली कांगे्रस ओली पक्षमा ठडिन्छ वा प्रचण्ड माधव पक्षमा यो आम नेपाली जनताको जिज्ञासा बनेको छ । तर नेपाली कांग्रेस पदाधिकारी बैठकले अहिले नै हतारिएर कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा। प्रकाशशरण महतले बताए।

सहमहामन्त्री महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन। अहिले पनि नेकपा एउटै छ। नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उहाँहरुको पार्टी भोलि कसरी अघि बढ्छ। एकै रहन्छ वा अर्को परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन।

सर्वोच्च अदालतले ११ फागुनमा प्रतिनिधि सभा विघट्न गर्ने सरकारको निर्णय बदर गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो। नेकपा एउटै भएकाले अहिले कसलाई समर्थन गर्ने वा कसलाई नगर्ने भन्ने निष्कर्षमा पुग्न नहुने कांग्रेस पदाधिकारीहरुको भनाइ थियो।

कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्न उनले अहिले त्यसको कुनै अर्थ नरहेको जबाफ दिए।
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई भेटेर सत्ता साझेदारी गर्न प्रस्ताव गरेका थिए। त्यहि प्रस्तावपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो।

 


सम्बन्धित खवर