काठमाडौं उपत्यकामा देखियो हैजा


काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौंको नैकाप क्षेत्रका एक व्यक्तिमा पनि हैजा संक्रमणको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ ।

पाटनमा देखिएका बिरामी कोटेश्वर क्षेत्रका रहेको पाटन अस्पतालका निर्देशक डा. रबी शाक्यले जानकारी दिए । यसअघि, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ६ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भएको थियो ।

 


सम्बन्धित खवर