
काठमाडौं झापाका तीन स्थानीय तह दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा बन्ने भनिएको चीन–नेपाल औद्योगिक पार्क ९चाइना–नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क शिलान्यास हुने भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड दमकका कार्यालय प्रमुख सञ्जय थापा र औद्योगिक पार्कका अध्यक्ष थापाले औद्योगिक क्षेत्र रहने क्षेत्रका वडाध्यक्षलगायत पत्रकारलाई शिलान्यासबारे जानकारी गराएका हुन् शिलान्यास नहुँदै विवाद र चर्चामा आएको औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १६ गते शिलान्यास गर्ने प्रस्तावित औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए।
औद्योगिक पार्कको नामले परिचित यो प्रस्तावित परियोजनालाई रोजगारीको अवसर दिने उद्देश्यले निर्माण गर्न लागिएको थापाले बताए। थापाले पत्रकार सम्मेलनमा बोल्दै सरकारलाई आर्थिक रुपमा सशक्त बनाउन पनि उक्त परियोजनाले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
बढ्दो बेरोजगारीलाई ध्यानमा राखेर ठूलो संख्यामा रोजगारीको सिर्जना गराउने मुख्य परियोजना बन्न सक्ने बताउँदै उक्त औद्योगिक पार्कमा पहिलो चरणमा २६ वटा उद्योग स्थापित हुनेछन्। नेपालको उत्पादन विश्व बजारसम्म पुग्ने एउटा माध्यम उक्त पार्क बन्न सक्ने थापाले दाबी गरे। उनले भने, ‘नेपाली बजारको माग स्वतः पूरा हुन्छ।’
नेपालको व्यापार घाटा २ वर्षभित्रमा हटाउने र नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउने माध्यम बन्न सक्ने समेत अध्यक्ष थापाको भनाई छ। उक्त पार्क नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रविधियुक्त पार्क हुने छ। थापाले परियोजना २२ सय बिघा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिघा जमीन एकीकृत गरिसकिएको बताए।
उक्त औद्योगिक पार्कको कुल लगानी पहिलो चरणमा अनुमानित ७० अर्बसम्म हुन सक्ने अध्यक्ष थापाले जानकारी दिएका छन् ।