काठमाडौं । अहिलेकै अवस्थामा राजीनामा दिए देशमा अस्थिरता आउने दावी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरेका हुन् ।
नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको पनि बताएका छन् ।
टेलिभिजनको अनलाइन संस्करणका अनुसार प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने समेत ओलीले दावी गरेका छन् ।
ओलीले राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको पनि आरोप लगाएका छन्।