
काठमाडौँ । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गर्दै १० बुँदे सूचना जारी गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना जारी गरेका हुन् ।

सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनेलगायत अनुरोध स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
यस्तो छ मन्त्रालयले जारी गरेको दसबुँदे सूचनाः