नेत्र विक्रम चन्द र सरकार नेतृत्वको दलबीच सहमति


काठमाडौं : वार्तारतमा रहेको नेपाल सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ।
वार्ता टोलीका प्रमुखहरू गृहमन्त्री रामबहादुर थापा र खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका प्रेस नोटमा जनाइए अनुसार उक्त सहमतिको विस्तृत विवरण भोलि शुक्रवार एक समारोहमार्फत गरिने भएको छ।

त्यस्तै सरकारले उक्त दलमाथि लगाएको प्रतिबन्ध हटाउने साथै थुनामा रहेका उक्त दलका नेता कार्यकर्ताहरूलाई मुक्त गर्ने र ती विरुद्धका मुद्दाहरू खारेज गर्ने लगायतका विषयहरू रहेको पनि प्रेस नोटमा उल्लेख छ।


तर सहमतिमा नेत्र विक्रम चन्द नेतृत्वको दलले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधानका लागि संवादको बाटो अपनाउने, राजनीतिक गतिविधिहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख भएको बताइएको छ।

साथै भोलि ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गर्ने भएको छ ।


सम्बन्धित खवर