कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु ।


काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो ।

जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागे । मृतक गोविन्द सिंह भारतीय नागरिक हुन् ।

घाइते भएका करिव २५ वर्षीय गोविन्द सिंहलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।
उनको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।


सम्बन्धित खवर