केपी शर्मा ओली कुहिएको अण्डा जस्तै हुन :अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुहिएको अण्डासँग तुलना गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीलाई कुहिएको अण्डासँग तुलना गरेका हुन् ।

माओत्सेतुङले कम्युनिस्टहरू अण्डा जस्तै फाइदाजनक हुन्छन् तर बिग्रिए भने कुहिएको अण्डा जस्तै हुन्छन् भनेको प्रसंग स्मरण गर्दै दाहालले ओली पनि कुहिएको अण्डा जस्तै भएको बताएका हुन् ।

कार्यक्रममा विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु खुसीको कुरा भएको भन्दै एकदिन मूल पार्टीमा फर्किने विश्वास व्यक्त गरे।

 


सम्बन्धित खवर