संयुक्त खस क्षत्री नेपालको साधारणसभा सम्पन्न ।


काठमाडौं । नेपालका खस क्षत्री समुदायको एकता राष्टको आवश्यकता भन्ने मुल नारा सहित स्थापना भएको संयुक्त खस क्षत्री नेपालको वार्षिक साधारण सभा तथा पाँचौ केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । नेपालको पहिलो गभर्नर संयुक्त खस क्षत्री नेपालको प्रमुख संरक्षक समेत रहेका हिमालय शमशेर जबराको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विभिन्न टुक्राटुक्रामा विभाजित क्षत्रीहरुको संघसस्था जोडेर संयुक्त खस क्षत्री नेपाल गठन भएको हो ।

१४ वटा संघसंगठनलाई जोडेर बनेको हो, जोड्ने क्रम जारी छ, कार्यक्रममा अध्यक्ष श्रीराम थापाले मन्तव्यका क्रममा बताए । जातीय आधारमा जनसंख्याको आधारमा समानुपातिक व्यवस्था हुनुपर्ने, आदिवासीमा सुचीकृत हुनुपर्ने, क्षत्रीहरुको एकता हुनुपर्नेमा कार्यक्रमा बोल्ने अधिकांशको मन्तव्य रहेको थियो । साथै नेपालको संविधानमा खस क्षेत्रीलाई अन्य भनेर राखिएकोमा आपत्ति जनाउदै खारेजको माग समेत गरिएको थियो । साधारण सभामा मन्तव्य राख्दै अध्यक्ष तथा कार्यक्रमको सभापति समेत रहेका श्रीराम थापाले सुनसरी महाधिवेशनमा प्रतिबद्धता गरे बमोजिम अक्षयकोष स्थापना र जग्गाको व्यवस्थापन गर्ने काम लगभग पूरा गरेको सुनाए । यसका लागि आम खस क्षत्रीको सहयोग अपेक्षा समेत गरे ।


सम्बन्धित खवर