माननीय कल्पना पाण्डे मायादेवी -५ लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालकाे युवा नेतृ माननीय कल्पना पाण्डेकाे पहलकदमिमा साविककाे गाेनाहा गाविस हाल मायादेवी -५ सेमरहनामा रहेको ऐतिहासिक प्रकटेश्र्वर महादेव मन्दिरको अपुराे धर्मशाला पुर्ण गराउन निर्माणकार्यकाे लागि संसद बिकास काेषकाे बजेटबाट दस लाख रूपैयाँ प्रदेश सरकारकाे अनुमतिमा छुट्टाउनु भएकाे थियाे साे बजेट बाट निर्माण भएकाे धर्मशालाकाे आज माननीय कल्पना पाण्डेले रिवन काटेर उद्घाटन गर्नुभयाे । मन्दिर संचालक समितिकाे अध्यक्ष राम नरेश साहनीकाे अध्यक्षतामा भव्य कार्यक्रम आयाेजना गरिएको थियाे । साे कार्यक्रमकाे उद्घाटन पछि प्रमुख अतिथिको अासनबाट मन्तव्य राख्दै माननीय पाण्डेले भन्नुभयो अाजकाे वर्तमान युगलाइ डाेर्याउने माध्यम भनेकाे हाम्रो पूर्विय संस्कार, संस्कृतिक नै हाे ।

भगवानकाे मन्दिरमा रहेको धर्मशालाकाे बिशेष महत्त्व रहेकाे हुन्छ । भगवान हामी सबैको आस्था र बिस्वास पनि भएकाेले मन्दिरको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकाे बताउनुभयो । उहाले भन्नुभयाे यस मन्दिरको बिकास गरेर हामीले धार्मिक पर्यटनको माध्यम बाट समाजकाे बिकास मा अग्रसर हुन सबैलाई आव्हान गर्नुभयाे । संसद पाण्डेले भन्नुभयाे, ” धर्म भनेकाे धारण गर्ने बिषय भएकाेले हामी सबैले सद्कर्म, सद्ब विचार र सद् ज्ञान धारण गरेर हातेमालो गर्दै समग्र बिकासमा केन्द्रीकृत हुनुपर्ने बताउनुभयाे । मन्तव्य काे क्रममा प्रमुख अतिथि पाण्डेलेआफू याे क्षेत्रकाे बिकासकाे निम्ति सबैसँग सहकार्य गरेर पिछडिएको समाजलाई बिकास काे मुल प्रवाहमा जाेड्न हमेसा तत्पर रहने र जनताकाे प्रतिनिधि भएकाेले जनताकाे बीचमा सदैब रहने तथा लुम्बिनी प्रदेशको बिकासमा अग्रभागमा रहेर नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।