माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको छतबाट खसेर निधन


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । शनिबार शंखमुलको एक रेष्टुरेन्टको छतबाट खसेका उनको उपचारका क्रममा मृत्यु भएको हो । उपाध्याय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन् ।

छतबाट खसेर गम्भीर बनेका उपाध्यायलाई घटनास्थलबाट उद्धार गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो । सिभिल अस्पतालबाट उनलाई थप उपचारका लागि माइतिघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पताल पु¥याइएको थियो । अन्नपूर्ण न्यूरोमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो ।

उपाध्याय साढे २ बजे शंखमुलको बबिन्स क्याफेको छैटौँ तलाबाट खसेका थिए । उनको उपचारका क्रममा साढे ५ बजे निधन भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । पेशाले इन्जिनियर उपाध्यय केही समय अघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

 

 


सम्बन्धित खवर