अल्कोहलमा हुने कडापनको मात्रा बारे मदिरा पारखीले बुझ्नै पर्ने कुरा ।


नेपालमा मदिराको उपभोग दर हरेक वर्ष बढिरहेको तथ्याङ्कले देखाउँछ । जनस्वास्थ्यका दृष्टिले असर गर्ने भएपनि मदिरा सेवन गर्ने व्यक्तिहरुको संख्या बढ्दोदरमा छ ।
युवापुस्ता सोख आकर्षण र लहलहैमा अल्कोहलमा बानी पारिरहेको देखिन्छ । तर, अल्कोहल प्रयोग गर्ने तरिका र परिमाणले मनोरञ्जन सन्तुष्ट दिन सक्छ । आफ्नो स्वास्थ्यमा कम प्रभाव पार्दछ । यसैले अल्कोहलको मात्रा र गुणस्तरलाई प्रयोगकर्ताले पहिलो ध्यान दिन सके राम्रो हुन्छ ।

अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले गर्दछ ।
आयातित अन्तर्राष्ट्रिय ब्राण्डका मदिराहरुसँग प्रतिस्पर्धा गर्न हाम्रै अन्य मदिरा कम्पनीहरुले पनि आफ्नो उत्पादनहरुका लागि बृहत् लगानी गरेका छन् ।

मदिराका पारखीले अल्कोहलको कडापन कति छ जान्नैपर्छः
मदिराका पारखीहरु आफ्नो लागि उपयुक्त ब्राण्ड छनौट गर्न नै द्विविधामा पर्न थालेका छन् । यति धेरै थरीका मदिराहरुबाट चयन गर्न पर्ने भएकोले मदिरा पारखीहरुले उनीहरुको मनपर्ने पेयभित्र, मदिराको पहिलो स्वाददेखि अल्कोहलको कडापनसम्म के जान्छ भन्ने जानी राख्नु जरुरी हुन्छ ।
मदिराको कडापनको मात्रा जाँच गर्ने मूलतः ३ वटा विधिहरु छन्, यी विधिहरुमा सबैभन्दा बढी प्रचलित विधि परिमाणको आधारमा अल्कोहल जाँच्ने (एबिभि), युएस प्रुफको पालना गरिएको, र अन्त्यमा इम्पेरियल प्रुफ, यो विधि विश्वव्यापी रुपमा प्रचलित नभएतापनि नेपाल र भारतीय उप–महाद्विपका अन्य क्षेत्रहरुमा यसको प्रयोग गर्ने गरिन्छ ।
यी ३ वटै प्रणालीहरु अल्कोहलमा भएको कडापनको मात्रा जान्न मदिरा उत्पादकहरुले अपनाउने आफ्नै विधि हो तर यो उनीहरुको लागि मात्र नभई सम्बन्धित देशको सरकारका लागि पनि हो किनकी यही प्रणालीलाई आधार मानेर सरकारले मदिराजन्य उत्पादनहरुका लागि करहरु, अन्त शुल्कहरु निर्धारण गर्न सक्दछन् ।

सामान्यतः युएस प्रुफ एबिभिको मात्रा भन्दा दोब्बर हुन्छ । यसको अर्थ ८० युएस प्रुफ भन्नु र ४० प्रतिशत एबिभि भन्नु एकै हो । इम्पेरियल प्रुफको गणना भनें अलि अप्ठ्यारो दायरामा पर्ने गर्छ, जहाँ यो एबिभिको मात्राको भन्दा ७÷४ गुणा हुन्छ । उदाहरणको लागि, ७५ प्रुफ ९२५ अण्डर प्रुफ भनेर पनि भनिन्छ० भनेको ४२।८ प्रतिशत एबिभि भने जति नै हो ।
यसरी गरिन्थ्यो इतिहास मदिरा मापदण्ड
ऐतिहासिक रुपमा प्रुफको नियम १६ औं शताब्दीमा युकेबाट प्रतिपादित भएको थियो र यो एक अत्यन्त सामान्य परीक्षण थियो जसमा मदिराको प्रज्ज्वलन क्षमता समाविष्ट हुन्थ्यो । यदि मदिरा प्रज्ज्वलित भयो भनें यसलाई ओभर प्रुफ९ओपि० को गणनामा राखिन्थ्यो र कर लगाइन्थ्यो ।

यदि त्यसो नभएमा अण्डर प्रुफ प्रमाणित गरिन्थ्यो र कर छुट हुन्थ्यो । यो प्रणाली त्यति उपयुक्त थिएन किनभनें अल्कोहलको ज्वलनशीलता मदिराको तापमानमा अत्यधिक मात्रामा निर्भर रहन्छ । यसपछि दोस्रो परीक्षण विधि शुरु गरिएको थियो र त्यसलाई गनपाउडर जाँच भनिन्थ्यो ।
यदि मदिरामा गनपाउडर भिजाएपछि त्यो पाउडर बल्यो भनें त्यो मदिराको गणना १०० प्रुफ ९अथवा ५७।१५प्रतिशत एबिभि० को रुपमा हुन्थ्यो । सन् १८१६ मा मदिराको तोेकिएको गुरुत्वाकर्षणलाई आधार मानेर कानूनी मानकको परिभाषा बनाइयो । यो पद्धति अनुसार १०० युके प्रुफ मदिराको रुपमा परिभाषित भयो जसमा एउटै तापक्रममा शुद्ध पानीको १२÷१३ निर्दिष्ट गुरुत्वाकर्षण विद्यमान हुन्छ, जुन फेरि पनि ५७।१५ प्रतिशत एबिभि नै थियो । यो प्रणालीले तापक्रम मापदण्डमा ल्याउने र अल्कोहलको कडापना १०० प्रुफ भन्दा माथि भएको नाप्न सकिने बनायो ।

एटलान्टिक क्षेत्रभर सन् १८५० मा युएस प्रुफ प्रणाली लागू गरिएको थियो र यो प्रणाली युके प्रणालीभन्दा थोरैमात्र भिन्न थियो । यस प्रणाली अनुसार १०० प्रुफ भनेको ५० प्रतिशत एबिभिको हाराहारीमा थियो । आज, मेट्रिक प्रणाली कानूनी नापतौलको अन्तर्राष्ट्रिय संगठनद्वारा परिभाषित गरिएको छ, जस बमोजिम २० डिग्री सेल्सियसमा अल्कोहल पेयको परिमाण भएकोलाई शुद्ध अल्कोहलको मात्रा भनिएको छ ।
आजका दिनहरुमा मदिरामा भएको अल्कोहलको कडापनको परिभाषा नियामक मापन निकायहरुमा भारी मात्रामा निर्भर रहन्छ र वाणिज्य संगठनहरु तथा मदिराको समुहको ऐतिहासिक पृष्ठभूमिद्वारा प्रभावित हुन्छन् ।
नेपालमा कस्तो छ मापदण्ड ?
उदाहरणका लागि ह्वीस्की, केही बजार छाडेर, यसको अल्कोहलको कडापन ४० प्रतिशत एबिभि भन्दा कम हुन नहुने गरी ९नेपालमा ८० युएस वा २५ युपि० नियन्त्रण गरिएको छ । अन्य समुहहरुमा एबिभिलाई लिएर केही बढी लचकता अपनाइएको छ, जिन र भोड्काले ३७।५ प्रतिशतभन्दा ज्यादा प्रदान गरिरहेका छन् । जबकी करको दर दुवैलाई एउटै कायम गरिएको छ, सम्पूर्ण प्रोफाइलमा अल्कोहलको असर र पेयको स्वाद पूर्ण रुपमा भिन्नै कथा हो ।
कार्यगत रुपमा अल्कोहलले त्यसमा भएकोे तरलतामा ताप, टर्रोपना र मुखानुभव ल्याउँदछ । सधैंजसो यी गुणस्तरहरुमा कम अल्कोहल स्तरको अर्थ कम स्तर नै हुन्छ ।

अल्कोहलले पेयमा भएको स्वादहरका लागि एक प्रभावकारी माध्यमको रुपमा पनि काम गर्दछ । अतः, ३५ प्रतिशत एबिभि भएको मदिराको सुगन्धको प्रोफाइल ४० प्रतिशत एबिभि भएको भन्दा पक्कै पनि फरक हुनेछ ।
अल्कोहलको परिमाणले सेवन गर्ने स्वभावमा पनि असर पार्दछ । उदाहरणको लागि, रकहरुमा ३० प्रतिशत एबिभिको ह्वीस्की पिउँदा ४० प्रतिशत एबिभि भएको सोही ह्वीस्कीको तुलनामा पातलो, पानीदार, र कम तापको स्वादको हुनेछ, यो पूर्णतया अल्कोहल परिमाणमा भएको भिन्नताले गर्दा भएको हो ।

ह्वीस्कीमा आधारित रहेर मुखानुभव र शुरुवाती मिठास उच्च एबिभि प्रतिशतमा उच्च नै हुनेछ र सोही अनुसार घट्छ । जस्तै, एबिभि जसै घट्छ, अल्कोहलबाट उत्पन्न हुने टर्रोपना र तापको उत्तेजना पनि त्यसैगरी कम हुन्छ ।
निष्कर्ष यो हो कि एबिभिले उत्पादनको स्वाद तथा सुगन्ध दुवैको सन्तुलनमा असर पार्नेमा कुनै प्रश्नै हुन सक्दैन र एबिभिमा हुने परिवर्तनले उत्पादनको अन्तिम प्रोफाइलमा ठूलो मात्रामा असर पु¥याउँछ । यसप्रकारका परिवर्तनहरु पेयमा गरिने मिश्रणहरु र थपिने वरफको परिमाणमा पनि निर्भर रहन्छ ।

अल्कोहलको मात्राको आधारमा मूल्य यस्तो हुन्छ ?
अल्कोहलको मात्रा कम ९र न्यून करदर० भएको कारणले कम एबिभिका उत्पादनहरु अधिक एबिभि भएका उत्पादनको तुलनमा अत्यन्त कम मुल्यमा बिक्री गर्ने गरिन्छन् । नेपालको सन्दर्भमा २५ युपिको मदिरा ४० युपि उत्पादनहरुको झण्डै दोबर मुल्यमा बिक्री गरिन्छ । पैसालाई महत्व दिने उपभोक्ताहरु ४० युपि उत्पादनहरुप्रति आकर्षित भैरहेको पाइन्छ, जसले गर्दा यो समुहको बजार अनपेक्षित रुपले वृद्धि भैरहेको छ ।
एबिभिलाई मध्यनजर राख्दै र बदलिंदो बजार प्रवृतिसँगैं कम अल्कोहलको मात्रा भएको नयाँ उत्पादनहरु विकास गर्न खोजिरहेका कम्पनीहरुलाई कडापन र स्वाद दुवै सन्तुलनमा राख्नु एक चुनौती बनेको छ । यद्यपि, परिचित २५ युपि बजारको विकास परिपक्व मदिरा पारखीहरुको कारण निरन्तर भैरहेको छ, जसले बजारमा उपलब्ध खुकुरी रम, ओल्ड दरबार, सिग्नेचर, ८८४८ र रोयल स्ट्याग जस्ता ब्राण्डहरुमा विद्यमान स्वाद तथा गुणस्तरमा आकर्षण छ ।

 


सम्बन्धित खवर