जनता समाजवादी पार्टीको संसदीय दलको पहिलो बैठक आज बस्दै ।


काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको पहिलो बैठक आज बस्दैछ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण पछि बनेको जसपाको संयुक्त बैठक आज बस्न लागेको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा समग्र राजनीतिक परिस्थितिबारे छलफल गर्न लागिएको जसपाले जनाएको छ । राजपा निर्णायक शक्ति हुन पुगेको छ । प्रधानमन्त्री केपी ओलीलाई राजपाले साथ दियो भने सरकार बच्नेछ ।

सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा माओवादी० केन्द्रलाई ब्युँताइदिएपछि मुलुकको राजनीति नयाँ मोडमा गएको छ ।
गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

 

 


सम्बन्धित खवर