माओवादी केन्द्रले संसद र सरकारबारे कांग्रेस र जसपासँग छलफल गर्ने ।


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नारायणकाजीका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ।
आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले बताएका छन्।


सम्बन्धित खवर