रवि लामिछानेका चालकको उपचारको क्रममा मृत्यु


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

घरको छतबाट खसेर घाइते भएका थापाको मंगलबार दिउँसो करिब साढे १ बजे मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन् । वैशाख ४ गते उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए ।

सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो । उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।


सम्बन्धित खवर