काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाको पनि संलग्दता देखिएपछि काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । शेर्पा सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको बताइएको छ ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।
फरार रहेका नेकपा एमालेका सचिव सांसद टोपबहादुर रायमाझी आइतबार साँझ मात्र पक्राउ परेका थिए । उनलाई आजै अदालत उपस्थित गराएर थुनामा राख्न तीन दिन म्याद थपिएको छ ।