देशभक्त समाज पार्टीको दोस्रो महाधिवेशन सम्पन्न


काठमाडौं । नवसत्ता र सर्वोदय समाज कायम गराउँदछौं, राष्ट्रिय स्वाधिनता बचाउँछौं भन्ने मुल नारा सहित देशभक्त समाजको राजधानीमा दोस्रो महाधिवेशन सम्पन्न गरेको छ । पार्टी अध्यक्ष द्रोण अधिकारीको सभापतित्व तथा प्रमुख आतिथ्यमा भएको महाधिवेशनले आगामी पाँच वर्षका लागि सर्वसम्मत रुपमा निर्विरोध अध्यक्षमा चयन गरेको छ ।

साथै १४ जना केन्द्रीय सदस्यहरुमा शिवकुमार श्रेष्ठ (कोशी प्रदेश), श्रीमति अनन्त सिंह बस्नेत (मधेश प्रदेश), खेमराज पौडेल (बागमति प्रदेश), नीलजंग गुरुङ (गण्डकी प्रदेश), श्रीमति कसुम बस्नेत (लुम्विनी प्रदेश), ऐनबहादुर सिंह (कर्णाली प्रदेश), राजेन्द्र विष्ठ, (सुदरपस्चिम प्रदेश), चुडाबहादुर खड्का (रामेछाप), रत्न धिताल (चितवन), तेपबहादुर खाले (तनह)ुं, एकनारायण तिवारी (स्याङजा÷नवलपुर), नीरु आचार्य, (कास्की), हरिकृष्ण बानियाँ (नुवाकोट) र जगतबहादुर जि.सी (दैलेख) लाई निर्वाचित गरेको छ । विधान वमोजिम बाकी केन्द्रीय सदस्य र विभागहरुमा छिट्रटै मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष द्रोण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा पर्यवक्षक, देशभरीका पार्टी महाधिवेशन प्रतिनिधि, शुभचिन्तक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । बोल्ने अधिकांश वक्ताहरुले देशको समसामयिक राजनीतिक आर्थिक अवस्थाको चर्चा गर्नुको साथै वर्तमान सत्तारुढ दलको चर्को विरोध गरेका थिए । महाधिवेशनले राजनीतिक र सांठनिक प्रतिवेदनहरु सर्वसम्मतले पारित गर्दै सम्पन्न गरेको हो ।


सम्बन्धित खवर