एजेन्सी । भियतनाममा एकपटक प्रयोग भइसकेको कन्डम सफा गरी पुनः बेच्न राखेको पाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसरी बेच्न राखिएका ३ लाख २० हजारवटा कन्डम भियतनाम प्रहरीले बरामद गरेको हो। भियतनामको दक्षिणी भेगमा पर्ने द्युङ प्रान्तस्थित गोदाममा छापा मार्दा प्रयोग भइसकेको कन्डम बेच्न राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ती कन्डमलाई पहिले पखालिएको अनि लिंगको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको र पुनः प्याक गरी बेच्ने गरिएको पाइएको बीबीसीले जनाएको छ।