रायोको सागका १० चमात्कारी फाइदा


काठमाडौं । रायोको साग सुन्ने वित्तिकै सायद हामी सबैको मुखमा पानी आउँछ । रायोको सागमा उच्च फाइबर हुन्छ, जसको कारण यसले पाचन प्रणाली ठीक राख्दछ ।
साथै यसमा पाइने अन्य खनिज, भिटामिन र प्रोटिनले समग्र स्वास्थ्यलाई लाभदायिक हुन्छ । यसमा कम क्यालोरी पाइन्छ, जसका कारण शरीरको तौल घटाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जानिराखौं रायोको सागका अन्य फाइदाः
– रायोको सागमा भरपुर मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ, जसले गर्दा मानिसको हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
– भिटामिन के र ओमेगा ३ फ्याटी एसिडको पाइने हुँदा रायोको सागले ’एन्टिइन्फ्लेमेटरी प्रभावहरू पु¥याउँछ । यसलाई दैनिकरुपमा सेवन गर्दा क्यान्सर, मुटु रोग र हाडजोर्नीको समस्याबाट बचाउन मद्दत गर्छ ।
– रायोको सागमा प्रशस्तरुपमा पाइने फाइबरले गर्दा शरीरको पाचन प्रणालीलाई सुधार गर्नुका साथै यसले मेटाबोलिजमको दर बढाउँछ ।
– रायोको सागमा एन्टिअक्सिडेन्ट तत्वहरु पाइन्छ, जस्तै भिटामिन, भिटामिन ए र भिटामिन सी । यस बाहेक रायोको सागमा भरपुर मात्रामा म्याग्निज र फोलेट पाइन्छ । त्यसैगरी यो भिटामिन ई, सी र ए को राम्रो श्रोत हो, जसले रेडिकलहरू हटाउन मद्दत पु¥याउँछ ।
यसैगरी, यसले दम, मुटु रोग र र जोनिवृत्तिबाट पीडित भएका महिलाहरुका लागि फाइदा गर्दछ ।
– रायोमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी गुणहरूले क्य’न्सर जस्तो प्राणघातक रोगको जोखिम कम गर्दछ । अध्ययनकाअनुसार, यसले मूत्राशय, पेट, स्तन, फोक्सो, प्रोस्टेट र अण्डाशयको क्यान्सर रोक्न उपयोगी हुन्छ ।
– रायोको सागमा उपस्थित एन्टिआक्सीडेन्टहरू र सल्फरले शरीरलाई डिटक्सिफिकेशन अर्थात् शरीरमा भएका विषाक्त निष्कासन गर्न मद्दत गर्दछ । जसले गर्दा, मुटु, फोक्सो र कलेजोलाई स्वास्थ्य राख्न सहयोग गर्दछ ।
– रायोको सागले शरीरमा भएको ब्याड अर्थात् नराम्रो कोलेस्ट्रोलको स्तरलाई कम गरि मुटुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ । साथै, यसमा पाइने फोलेटले मुटु रोगको लागि जिम्मेवार होमोसिस्टीनलाई बढ्नबाट रोक्दछ ।
– रायोको सागमा पाइने भिटामिन सीले इन्फ्लेमेटरी पदार्थ हिस्टामिनलाई बिच्छेद गर्न मद्दत गर्दछ । यस बाहेक म्याग्नेशियमले ब्रोन्कियल ट्युब र फोक्सोलाई राहत प्रदान गर्दछ ।
– अध्ययनका अनुसार यस सागलाई दैनिक तीन पटक खाँदा यसले मानसिक स्वास्थ्यलाई राम्रो गर्दछ । यसले ४० प्रतिशतसम्म मानसिक कम गर्न मद्दत गर्दछ ।
– सुर्तिजन्य धुवाँ तथा पदार्थले शरीरमा भिटामिन एको कमि निम्त्याउने गर्दछ, जसका कारण इम्फिजेमा हुनेगर्दछ । यदि रायोको साग खाँदा फोक्सोमा भएका विषाक्त पदार्थलाई हटाइ स्वस्थ राख्न मद्दत गर्दछ ।

सम्बन्धित खवर