पायल्स भनेको त्यस्तो रोग हो, जुन मलद्धारसँग सम्बन्धित छ। जसमा गुद्वारको बाहिरी र मानिसहरुको भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ ।
पायल्सको कारण दिसाबाट रगत आउने हुन्छ तर अरु रोगको कारण पनि हुन सक्न । दिसा गर्दा रगत आउनेबित्तिकै पायल्स भन्न मिल्दैन । दिसा गर्दा नमिसिएर अलग्गै रगत आउने भनेको दिसा गर्ने ठाउँका नशाहरू फुल्नु हो । दिसा गर्ने ठाउँमा नशाहरू फुलेर बसेको छ भने त्यसलाई पायल्स भनिन्छ।
पायल्स रोकथाम कसरी गर्ने
सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ । योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ ।
कब्जियत हुन नदिने, दिसा गर्दा बल प्रयोग गर्न कम गर्ने नै हो मुख्य उपाय । फाइवरयुक्त खानेकुरा खाने, रेसादार भएको साग तरकारी, हरियो सागसब्जी, गहुँको खाना खायो भने दिसा कस्सिएर बस्दैन । रेसा नभएको ब्ल्यान्ड डाइटहरू मःम, मैदाको पिज्जा, बर्गर, पाउरोटी, आलु, भात, माछा मासु बढी खाने गर्यो भने दिसा कस्सिएर जान्छ। त्यसले गर्दा रगत आउँछ र पायल्स बढ्दै जान्छ ।
ट्वाइलेट समय समयमा जाने, दैनिक धेरै पटक जाने त्यस्तो गर्दा दिसा कस्सिएको हुन पाउँदैन । तर कसैको दुई÷तीन दिनमा नै कब्जियत भइराख्ने हुन्छ । उनीहरूको दिसा कसिलो हुन्छ, त्यसले गर्दा पायल्सलाई बढावा दिन्छ । पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पायल्सबाट छुटकारा पाउन सकिन्छ ।
सामान्य किसिमको पायल्समा दिसा गर्दा कनेको वा बल गर्दामात्रै पनि रगत आउँछ । कम्प्लिकेटेड पायल्स भनेको नशा नै बाहिर आउने हो । यस्तो पायल्स हुँदा सर्जरी नै गर्नुपर्छ । फाइबरयुक्त खानेकुरा जस्तो कि, हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ । पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ । कागती पानीको सेवनले पायल्समा राहात दिन्छ । बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ ।
के नखाने
यस्तो खानेकुरा सेवन नगर्ने जसले पेटलाई भद्दा बनाउँछ । पाचन यन्त्रमा समस्या ल्याउँछ । जस्तो कि, बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका आदिको सेवन नगर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ । तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ ।
प्राकृतिक विधी के छ
नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन । यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ । रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ । रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ ।