राजनीतिक क्रान्ति धेरै भए, अब पालो कृषि क्रान्तिको शंकर उप्रेती, कार्यकारी अध्यक्ष, राष्ट्रिय खाद्य बैंक लि.


शंकर उप्रेती राष्ट्रिय खाद्य बैंक लि. को कार्यकारी अध्यक्ष हुनुहुन्छ । २०२४ मंसिर १६ गतेका दिन दोलखा मेलुङ १ (साविक पओटी ७) स्थित बुबा स्व. दुर्गाबहादुर उप्रेती र आमा शान्ता कुमारी उप्रतीको कोखबाट उहाँको जन्म भएको हो । अभावरहित पारिवारिक परिवारमा हुर्केबढेको बताउनुहुने उहाँ मिलनसार र सरल स्वभावको हुनुहुन्छ । उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देखिनु हुन्छ । तीन दाजुभाईको कान्छो रहनुभएका उहाँ सबै दाजुभाई आ आफ्नो स्थानमा स्थापित हुनुहुन्छ । जेठो दाई डा. विश्वराज उप्रती द्धन्द व्यवस्थापन सम्वन्धी विज्ञ हुनुको साथै नेपाल सरकारको निकाय निती अध्ययन प्रतिष्ठानको कार्यकारी अध्यक्ष हुनुहुन्छ । माईलो दाई सरोज उप्रेती अधिवत्ता हुनुहुन्छ । थप कुराकानी गर्नुहुंदै उप्रेती बताउँनुहुन्छ, २०३७ सालदेखि वामपन्थी राजनीति त्यसमा पनि भुमिगत रुपमा काम गरें । माले निकट अनेरास्ववियुको जिल्लादेखि केन्द्रसम्म भुगोल तथा संगठनमा काम गरियो । जब ०५४ सालमा पार्टी फुट्यो, राजनीतिबाट म निस्क्रय भएं । राजनीतिको चासो पनि छाडे । अहिले देशमा जुन राजनीतिक परिघटना भईरहेको छ मेरो कुनै चासो छैन । यद्यपी मेरो सबै नेतासंग राम्रो सम्बन्ध रहेको छ । त्यसपछि म मुख्यतः व्यवसाय तिर लागे । सुरुमा सहकारी तथा वित्तिय कारोबारमा लागियो । त्यसपछि कृषि व्यवसायमा लागें । चितवन र काठमाडौंमा अर्गानिक खेतीको अलावा माछा पालन, गाई, बाख्रा , हाँस, लोकल कुखुरा पालन आदिको सफलता पूर्वक काम गरियो । साथै पब्लिक लिमिटेडको रुपमा नागरिक टिचिङ हस्पिटल स्थापना गरि भन्दै आठ वर्ष नेतृत्व गरें । जुन पब्लिक लिं को प्रयोग सफल भयो । त्यही अनुभवलाई सम्हाल्दै पब्लिक लि. कै रुपमा अब कृषि क्षेत्रको आधुनिकीकरण गर्दै सम्मानित र आत्मानिर्भर बनाउने मुल उद्देश्य सहित यस राष्ट्रिय खाद्य बैंक लि. को स्थापना गरेका हौं ।

राष्ट्रिय खाद्य बैंक किन ?
आजको आवश्यकता परिपुर्ती गर्न भोलीको भावी पुस्ताहरुको लागि खाद्य सम्प्रभुता संरक्षर गर्न पोषिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने मुल नाराका साथ राष्ट्रिय खाद्य बैंक लि. स्थापना गरिएको हो ।

कति रकमबाट यस बैंकको स्थापना गर्न लाग्नु भएको हो ?
दुई अरब रकमबाट यस बैंकको सुरुवात गर्न लागेको हौं । जुन पब्लिक शेयरबाट सञ्चालन गरिनेछ । हजार जना पु¥याउने हाम्रो लक्ष्य हो । जुन पुगनपुग भईसकेको छ ।

बैंकको परिकल्पना र संगठनात्मक ढांचाबारे बताईदिनोस न ?
उत्पादन र व्यापारमा जोड गर्ने गरी स्थापना भएको यस बैंक केन्द्रीय कार्यलय काठमाडौं र सात वटै प्रदेश साथै ७ वटै प्रदेश र सबै स्थानीय तहमा पुग्ने लक्ष्य रहेको छ । राज्यले परिकल्पना गरेको सम्वृद्ध नेपाल बनाउन यस राष्ट्रिय खाद्य बैंक लि. को स्थापनासंगै आवश्यक ज्ञान, सीप, विउ, विजन, मलजल, दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतका विज्ञहरुको सहभागीतामा यस बैंक आफ्नो कार्यमा जुटेको अवस्था हो ।

यस बैंकले के के गर्छ ?
पहिलो त खाने कुरामा जुन विषयुक्त रहेको छ त्यसलाई रोक्ने नै हो । यस बैंकले सम्पूर्ण प्रकारको खाद्यन्न, गेडागुढी(दलहन), हरियो तरकारीहरु,फुलफुलहरु, केरा, दहि, दुध, माछा, अण्डा, जडिबुटी, चिया, कफी, उखु लगायतको खानेकुरा उत्पादन गर्ने र उपभोत्तासम्म पु¥याउने काम गर्नेछ । अर्को आफ्नै माध्यमबाट अध्ययन र अनुसन्धान गर्ने छ । जसको हामी सबै टिम खडा गरिसकेका छौं । रैथाने जिन (पुराना बालीनालीको विउ विजन) सम्वन्धी खोजतलास गर्नेछ । आधुनिकता अनुसार थोरै ठाउँमा कसरी उत्पादन थर्न सकिन्छ भनेर अभ्यास र अनुसन्धान गरिनुका साथै प्याटेन्ट राइटको बारेमा कस्तो अवस्था छ सबै कुराहरुको थप अध्ययन र अनुसन्धान गरिने छ ।

बैक एक्लैले गर्छ कि सहकार्य पनि होला नि ?
कृषि कार्यमा काम गरिरहेका कृषि कम्पनीहरु, कृषि सहकारीहरु, सरकारी संघसंस्थाहरु, गैरसरकारी संघसंस्थाहरु लगायतका उत्पादन गर्ने काममा लागेका संघ संस्थाहरुसंग सहकार्य गरी अझै धेरै उत्पादन गर्ने गराउने काममा हाम्रो सहकार्य हुन्छ ।

यस बैंकले उपभोत्ताको मन कसरी जित्छ ?
वास्तवमा महत्वपूर्ण प्रश्न गर्नुभयो । कृषकका लागि यो बैंक निकै महत्वपूर्ण रहेको छ । कृषकहरुलाई आवश्यकता पर्ने विउ,मल,कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु तथा व्यक्तिका बाँझो जग्गाहरु लिजमा लिएर उत्पादनका काम गरिनेछ । साथै उत्पादनको कामम लागेका कृषकहरुलाई आवश्यकता पर्ने विउ, मल, कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी गरिएको छ । कृषि भन्ने बित्तिकै जुन हिनताबोधको रुपमा हेरिन्छ त्यसलाई हामी मेट्न चाहन्छौं । त्यसमा पनि काम गरेर देखाउँछौं । देशमा राजनीतिक क्रान्ति मात्र भएको छ, अब हामी कृषि क्रान्ति गर्छौं । हामीसंग सबै खाले टिम रहेको छ । अबको आठ दश वर्षभित्र कृषि क्षेत्रको परनिर्भर हटाई आत्मानिर्भर बनाउने हाम्रो मुल लक्ष्य हो ।

देशलाई आत्मानिर्भर कसरी बनाउदैछ यस बैंकले ? साथै कृषि गर्न जमिन र जनशक्ति पनि चाहियो नि ?
सरकारी बाँझो जग्गा, सामुदायिक वनका खाली जग्गाहरु गुठीका जग्गाहरु, खोलाको छेउका बगर जग्गाहरु, विद्युथ प्राधिकरणको लाइन मुनिका खाली जग्गाहरु, विभिन्न संघ संस्थाहरुका जग्गाहरु तथा व्यक्तिका बाँझो जग्गाहरु लिजमा लिएर उत्पादनको काम गरिनेछ । उत्पादनको काममा लागेका कृषकहरुलाई आवश्यकता पर्ने विउ, मल, कृषि औजारहरु प्राविधिक ज्ञान दिने र उत्पादित खाद्य वस्तुहरु बैंकले नै किनिदिने ग्यारेन्टी गरेको छ । यसका लागि आवश्यक सबै प्रक्रिया अपनाईनेछ । खेतीपाती त

भईहाल्यो, माछा मासुको अलावा के के काम गर्दैछ यस बैंकले ?
दुध, अण्डा, मासु, माछा, कागती, बेसार, अदुवा, लसुन, प्याज, हरियो तरकारी जस्ता खाद्य सामग्रीहरु देशभित्रै उत्पादन गरी आत्मानिर्भर हुन सकिने भएकोले काममा लगाउने र आत्मा निर्भर बनाउने गरी बिस्तारै अरु खाद्यान्न, तरकारी, फलफुलहरुमा आत्मानिर्भर हुने गरी तयार गर्ने र गराउने मुल उद्देश्य र कार्ययोजना रहेको छ ।

यि कामहरु गर्न वातावरणको अवस्थालाई पनि ध्यान दिनुभएको होला नि ?
वातावरणको अवस्थाको (इको सिस्टमलाई) संरक्षर गर्दै वातावरणको संरक्षर गरी गुणात्मकयुक्त खाद्यान्न, तरकारीहरु, फलफुल, माछा, मासु, जडिबुटि, चिया, कफी, अलैंची लगायतका सामग्रीहरु हाम्रो देशमा चाहिने भन्दा बढी उत्पादन गरी विदेशमा समेत विक्री गर्ने उद्देश्यय राखिएको हुंदा वातावरणमा अवश्य ध्यान पु¥याईनेछ ।

बंैकको काम गर्ने तौरतरिका कस्तो हुन्छ ?
यस बैंकले उत्पादन गरेको गुणस्तरयुक्त खाद्य सामग्रीहरुको सुरक्षित भण्डार (एसि सिस्टम सहित) गरी बैंक मार्फत आफ्नै सेल्स डिपो र होम डेलिभरीहरु इ कर्मश मार्मत बिक्री वितरण गरिनेछ । जसबाट अहिले भईरहेको विचौलियाको पुरै अन्त्य हुनेछ ।
यस बैंकमा लगानी गर्ने शेयर कर्ताले के पाउँछन् ?
सिधा भाषामा भन्नु पर्दा नाफा पाउने हो । उत्पादन गर्ने किसान, उपभोक्ता, लगानी गर्ने शेयर सदस्यहरु र राज्य सबैलाई फाइदा हुने र स्वास्थ्यकर खाद्यान्न प्रमाणित गरी बैंकको ल्यावबाट टेस्ट गरी बजारमा पठाउने भएकोले खाद्य बैंकको उत्पादनहरुबाट मानव जीवनमा रोग लाग्नबाट संरक्षर गनेृ हुनाले आम उपभात्ताको जन जीवन स्वस्थ रहने छ । हामीलाई बढी भएको सामग्रीहरु विदेशमा बेचेर विदेशी मुद्रा आर्जन हुनेछ । साथै यस बैंकको जिडिविमा ठुलो योगदान रहनेछ ।

यस बैंकले बेरोजगारी अन्त्य गर्ने कोसिस चाही कसरी गर्छ ?
हामी केही वर्षमा वेरोजगारी अन्त्य गर्ने गरी काम गर्दैछौं । त्यसको लागि हामीसंग धेरै अनुभव रहेको छ । बेरोजगारी अन्त्य गर्दै उत्पादन सुरक्षित भण्डारण गर्ने, बिक्री वितरणसम्म कार्य गर्न धेरै दक्ष तथा सामान्यदेखि न्युनस्तरसम्मका कर्मचारीहरुद्धारा काम गर्ने भएकोले नेपालमा सबै भन्दा धेरै रोजगारी सृजना गर्ने संस्थाको रुपमा काम गर्नेछ । कृषि र टुरिजमलाई जोड्ने काम गर्नेछ ।

कृषि सम्वन्धी अध्ययन अनुसञ्धानको काम पनि गर्नेछ हो यस बैंकले ?
कृषि सम्बन्धी अध्ययन अनुसञ्धान गर्ने कामलाई खाद्य बैंकले शुरुदेखि नै काम गरिरहनेछ । कम लागतमा प्रांगारिक मल उत्पादन गरी फुड न्युट्रेशनको बारेमा ज्ञान दिलाउने छौं । कुन ठाउँमा के कस्तो खेती लगाउन सकिन्छ ? कसरी थोरै ठाउँमा धेरै उत्पादन गर्न सकिन्छ ? हाम्रो रैथाने बिउ बिजनहरु कसर िलोप भए ? खोजी गरिनेछ ।

यस बैंकले सामाजिक उत्तरदायित्व कसरी पूरा गर्छ ?
यस बैंकले सामाजिक उत्तरदायित्व प्रवाह गरी विभिन्न सामाजिक कार्यहरु गर्नेछ । गरिब निमुखा जनताहरुलाई विभिन्न कार्यक्रम अन्तरर्गत सहयोग हुनेछ । खाद्य बैंकले नेपाल सरकारसंग सहकार्य गरी नेपाली जनताहरु खान नपाएर मर्नु नपरोस भनेर गतिविधिहरु सञ्चालन गरिनेछ ।
अन्त्यमा तपाईहरुको आह्वान के छ ?
राष्ट्रिय खाद्य बैंकको उद्देश्य अनुसार कृषि पेशालाई मर्यादित र सम्मानित गर्ने । उत्पादन, सुरक्षित भण्डार, बिक्री वितरण, अध्ययन अनुसञ्धान लगायत खाद्यान्नबाट देशलाई आत्मार्भिर बनाउने महान अभियानमा सहभागी भई अगाडि बढौं भन्ने हाम्रो आह्वान रहेको छ ।

 


सम्बन्धित खवर