आजको प्रजातन्त्र दिवसलाई कसरी मनाउँदै हुनुहुन्छ ?
यस पटकको ७१ औं प्रजातन्त्र दिवस हामीले आफ्नै पार्टी कार्यलयमा भव्यसभ्यका साथ मनाउँदै छौं । हामीले प्रजातन्त्र स्थापनालाई स्मुति दिवसको रुपमा मनाउने भएका छौं । किन भन्दाखेरी नेपालमा प्रजातन्त्र आएकै छैन । २००७ सालमा प्रजातन्त्र आयो तर जहानिय राणा शासनकै मोहन शमशेर प्रधानमन्त्री भए । विपी गृह मन्त्री भए । खासमा जनताको छोरा प्रधानमन्त्री हुनु पर्दथ्यो । त्यसैले २०१७ सालले राजाले कु गरे । २०४६ को जनआन्दोलन पुन प्रजनतन्त्रको लागि भयो । २०६३ सम्म आईपुग्दा १४ वर्षको समयमा पनि जनताले प्रजातन्त्र पाउन सकेनन् । अहिले त झन छदैछैन । समानता, कानुनी राज्य, सामाजिक सुरक्षा, स्वतन्त्र न्यायपालिका, नागरिक आधिकार, जनताको बाँच्न पाउने अधिकार हिजो पनि थिएन आज पनि छैन । त्यसैले प्रजातन्त्र आएकै छैन । जनताले अधिकार पायो भने मात्र प्रजातन्त्र हुन्छ । यहाँ त बरु भएका महत्वपूर्ण कुराहरु गुमाउने काम भयो । कोसी मातृका कोईरालाले बेचे, गण्डक विपी, टनकपुर गिरिजा प्रसाद र महाकाली केपीले बेचे । झण्डै ६३ वटा उद्योगहरु बेचे । कांग्रेस प्रजातन्त्रको बाटोमा हिड्न सकेन । अहिले त केवल अधिनायक सामन्तवादी राज्य व्यवस्था हो । नागरिकको प्रजातन्त्र आएको छैन । त्यसैले संवैधानिक प्रजातन्त्र, हिन्दु राज्य, विशेषाधिकार सहितको राजसंस्था, स्थानिय स्वसासन र समाजवादी अर्थ निती सहितको राज्य व्यवस्था हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।
अब राजनीति कसरी अगााडि बढ्नु पर्दछ त ?
राजा र जनता विना देश जोगिदैन । हो अहिले शासन सत्ता परिवर्तन आवश्यक छ । केपीजी संसद मात्र होइन, यो राज्य सत्ता नै विघटन गरेर संवैधानिक प्रजातन्त्र र हिन्दु राज्य घोषणा गर्नुपर्दथ्यो । नेपाली जनता पिडामा छन् । जसलाई विस्वास उनीहरुबाट धोका मात्र भएको छ । गास, वास, कपास र रोजगार पाउन सकेनन् यो प्रजातन्त्र वा गणतन्त्रले पनि दिएन । सरकार पुरै भष्ट रहेको छ । विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । अब समाजवादी कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्दछ । यदि त्यसो भएन भने राष्टको अस्तित्व समाप्त हुन्छ ।
अहिले भएको आन्दोलनलाई सरकारले थेग्न सक्छ ?
विदशी यहि बाम सरकारबाट भरपुर फाइदा लिन खोज्दैछ, लिइरहेका पनि छन् । एजेण्डा विहिन आन्दोलन देशको लागि हानी हुन्छ । विदेशीहरु फेरि एक पटक हाम्रो देशमा स्वामित्व खोज्दैछन् जुन काम दरबार काँग्रेसले गरेन । त्यसरी यो सरकार मार्फत दबाब बढाउन विदेशीले आन्दोलनको प्रपण्च रचेका हुन् । त्यसैले देश जनता बचाउन र शासन सत्ता परिवर्तनको लागि २५ गतेपछि नयाँ शिराबाट आन्दोलन गर्छौ । देशमा पछिल्लो समय वाम सरकारको रवैया, झगडा र प्रतिपक्ष दलको कमजोर उपस्थितिका कारण राजनैतिक दलहरुसंग नेपाली जनताको ठुलो आक्रोस रहेको छ, बढिरहेको छ । अर्को अहिलेको व्यबस्था नै गलत थियो भनेर एकथरी विचार सिद्धान्त अब्बल ठान्ने साना रजनीतिक पार्टीहरु लागिरहेका छन । सायद हाम्रो पार्टीलाई पनि त्यसै भन्लान ।
संख्यात्मक हिसावले हाम्रो पार्टी सानो होला तर पार्टीको विचार ठुलो र महान छ । विदेशी भुमीमा १२ बुदें सहमति गदैै २०६२, ६३ को जनआन्दोलनले प्राप्त गरेको संघिय लोकतान्त्रीक गणतन्त्र नै नेपाल र नेपालींहरुको हितमा नभएको र जसले राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्थाको विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था ल्याउन लागि परेका छौं ।
तपाईहरुको कम्युनिष्टहरुको खाली विरोध मात्र किन ?
नेपालमा कम्युनिष्ट नै छैनन् । नयाँ अधिनायक नव सामन्तवादी हुन् । कम्युनिष्टले उत्पादनमा जोड गर्छ, तर यिनीहरुले त्यसो गरेनन् । अपराधिक र भारतमा जस्तो व्यापारिक प्रजातन्त्रको बाटोमा हिंडिरहेका छन् । अहिले सत्तारुढ पार्टीभित्रको झगडाले पार्टी फुट्छ भन्ने हल्ला रहेको छ के छ र फुट्नलाई ? माटोको घंैटो भएको भए पो फुट्नु माटोको डल्लो के फुट्नु । केपी ओलीलाई जुन राष्ट्रवादी भनिएको छ उनको भारतीय राष्ट्रवाद हो । जो र जहाँ उग्र राष्ट्रवाद हुन्छ त्यो देश विघटन हुन्छकि त्यो शासन ढल्छ । विश्वमा त्यस्तै भईरहेको अवस्था छ । त्यसैले म भन्दछुकि २०७८ सालभित्र नेपालमा ठुलै खतरा हुँदैछ, समय आएपछि यसको पर्दाफास पनि गरौंला ।
नेपाल समाजवादी पार्टी किन ?
जब मुलकमा २०४७ सालको प्रजातन्त्रको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन चिन्तित थिए, छु । जस पश्चात माओवादी १० वर्ष युद्धबाट भयो देशमा ठुलो नोक्सान भयो, त्यसरी माओवादीको उदयसंगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले भारतमा गएर १२ बुदें सम्झौता गर्नुभयो, र नेपालको प्रजातन्त्रको लागी भएका सबै आन्दोलनहरुलाई विसर्जन गरिदिनुभयो । २०४७ सालको संविधान च्यातेर देशमा संघीय गणतन्त्र घोषणा भैसकेपछि अब देश विघटनको बाटोमा जाँदैछ र यसलाई रोक्नुपर्छ भन्ने गहन संकल्प सहित हामीले यस नयां पार्टी गठन गरेका हौं । पार्टीको ६६ जिल्लामा संगठन विस्तार हुनुको साथै जनवर्गीय संगठन समेत निर्माण भईरहेको छ, हामी जनाधार निर्माण गर्ने बाटोमा निरन्तर लागिरहेको छौ । अब छिट्टै यस व्यबस्थाको परिवर्तनको लागी एकताबद्ध भएर आन्दोलन गर्ने तयारी गरिरहेका छौं ।
नेपाली काँग्रेस पार्टीसंग पनि खुव चित्त दुख्या रैछ हगि तपाईलाई ?
नेपाली कांग्रेसले प्रजातन्त्रको बाटो छाड्यो त्यसैले चित्त दुखेको हो, व्यक्तिगत स्वार्थ छैन । कम्युनिष्टहरु तथा माओवादीले ल्याएको गणतन्त्रको एजेण्डामा गएर उसले प्रजातान्त्रिक मुल्य मान्यताहरुलाई विर्सेको अवस्था छ । अहिलेको अवस्थामा कम्यूनिष्ट तथा नेपाली कांग्रेसको कुनै आफ्नो विचार छैन, उ अरुको एजेण्डामा समय वर्वाद गरिरहेको छ । अब हामी देश र जनतालाई प्रजातन्त्रको अनुभुती दिलाएर व्यवहारिक रुपमै आधुनिक समाजवाद जसमा अहिलेको व्यबस्थालाई भङ्ग गरेर नेपाल र नेपाली भएर बाँच्ने, देशलाई समृद्धको बाटो लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी शुसासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनेछौं । त्यसैले हाम्रो अहिलेको मुल र प्रमुख एजेण्डा भनेको देशलाई विघटनको बाटोबाट जोगाउँनु र सगरमाथा जस्तै उच्च बनाउँदै विकसित राष्ट्र बनाउनु हो ।
संघीय गणतन्त्रको विरोधी पार्टी हो तपाईहरु ?
इकाईहरुको समूहलाई संघीयता भनिन्छ, तर नेपालको अवस्था त्यस्तो होइन, संधै मिलेर बनेको एकात्मक शासन प्रणाली हो । जस्तो भारत, अमेरिका भनेको संघहरु मिलेर बनेको संघीय राज्य हो । त्यसलाई एकल राज्य भनिदैंन । नेपाल सुरुदेखि नै एकल राज्य हो, यो कुनै संघ वा ईकाइहरु मिलेर बनेको देश होईन । भौतिक विकासमा पछि परेपनि प्राचिनकालदेखि नै नेपाल विश्वको राज्यनिर्माण पक्षमा बलियो थियो र छ पनि । त्यसकारण नेपालमा गणतन्त्र, संघीयता भनेको राज्यलाई विघटन गर्नु सरह हो, जो गर्न खाजिदैछ ।
नेपालीहरु शरणार्थी बन्दैछन् भन्दै आउनुभएको छ किन ?
हो, यो व्यवस्था जसले हामी नेपाल र नेपालीलाई शरणार्थी बनाउंछ, बनाईसकेका छन् । जस्तो म तपाईलाई बताउँकि हामी सबै शरणार्थी भएका छौं, देशमा उत्पादन छैन, अर्काको देशको भरमा देश चलेको छ, बाँच्नु परेको छ, नेपाली युवायुवतीहरु श्रम बेच्न विदेशको तातो घाममा जानुपरेको छ, त्यो पनि शरण नै हो । अहिले समाजमा छोराछोरी जन्मिने बित्तिकै युरोप अमेरिका जस्ता विकसित देश पठाउने सपना देख्दछौं । अर्को रोजगारीको लागि दिनहुं खाडी मुलुक जान विवस छन् । आफ्नो देशमा जन्मेर पनि शासक वर्गको कमजोर नितीले गर्दा देश विकास गरेनन,् भएन । भएका कलकारखाना बरु बेचेर खाए, बनाएनन् र बनाउन पनि चाहेनन् । खाली कमिशनमा रमाए । त्यसरी अर्काको देशको शरण लिन राज्यस्तरबाटै बाध्य पारिएको छ । जुन जति भत्सर्ना गरे पनि पुग्दैन ।
तर पनि संघीयतामा गईसक्यो त ?
नेताहरुले त संघियताले देशको आमुल परिवर्तन र विकास हुन्छ भन्दै आएका छन् । धेरै कारण र कुरा भन्नै पर्दैन, निती नियम छैन, संविधान विभेदकारी छ, कानुन अपाङ्ग छ, देशको आर्थिक उत्पादन छैन, भष्ट्राचारमा लिप्त छ, महाकाली बेचे, आज फेरी लिम्पियाधुरा र लिपुलेकको कुरा आएको छ । २०४७ सालपछि बहुदलको नाममा देशका कलकारखाना लगायत सम्पतिहरु बेचेर खाए । सबै उद्योग धन्दाहरु बन्द गर्दै भारतको उत्पादनलाई भित्र्याउन सबै उत्पादन तथा उद्योगहरु बन्द गरिएका छन, राष्ट्रियता,
धर्म र देश नै बेचेपछि यो भन्दा ठुलो कारण के चाहिन्छ ?
यो सबै वेतिथि अन्त्यका लागि राजसंस्था नै चाहिन्छ होईन त ? मुलुक बचाउन हाम्रो पार्टीले संबैधानिक राजसंस्था चाहिन्छ भन्दै आएको छु । किनभने एक हजारदेखि पाँचहजार लिएर देशको नागरिकता बेचे, नागरिकता समस्या खडा गरिएको थियो, अहिले पनि गरिएकै छ । देशलाई संघीय गणतन्त्र, धर्म निरपेक्षता जस्ता एजेण्डा पैसाको आडमा घोषणा गरियो । त्यसैले देशको रक्षाको लागी र अभिभावकीय भूमिकाको लागि पनि विशेष अधिकार सहितको राजसस्थांको बारेमा हामी उभिएका हौं ।
मैले नेपालको माटो सुहाउँदोर ऐतिहासिकताको आधारमा भनेको हुँ । हाम्रो पार्टीले राष्ट्रिय एकता र विखण्डनबाट रोक्न पनि राजसंस्था चाहिन्छ भनेका छौं । हाम्रो देश एकल र एकात्मक राज्य हो, धर्म, परम्परा र कला सस्कृतिको रक्षा गर्नका लागी र देशलाई विघटनबाट रोक्नका लागी पनि हिन्दु अधिराज्य र राजसंस्था चाहिन्छ । म आफैले भन्दै आएको छु कि राजा आफैमा निरङ्कुश तन्त्र हो । त्यसैले हामीले राजा बोकेर हिंड्ने भनेका छैनौं, देश बचाउन र नागरिकको संरक्षर, स्वामित्वको अधिकार र अस्तित्वको संरक्षरको लागि राजसंस्था भनेका हौं ।
सानो पार्टी छ, के गर्न सक्नु होला र ?
अहिले हामीले शक्ति सञ्चय गरेर बसिरहेका छौं, गरिरहेका छौं हो हामी संख्यात्मक रुपमा सानो छौं । इतिहास नभुलौं, नेपाली कांग्रेस पार्टी गठन हुदां ९ जना मात्र थिए । नेपाल कम्युनिष्ट पार्टी गठन हुदां एक जना पुष्पलालसहित पाँच जना थिए । अरु सबै पछि थपिए थपिदै गएका हुन् र आज विशाल पार्टी बने, जसमा हाम्रो धेरै पसिना पानी बगेको छ । कुनैपनि कुराको समय आउंछ, हामीले उठाउँदै आएको संवैधानिक प्रजातान्त्रिक नेपाल र नेपालीको हितमा छ । त्यसैले सम्पुर्ण देशवासी र सम्पूर्ण युवायुवतीहरु हाम्रो विचारमा आउने छन् र ठुलो शक्ति बन्नेछौं भन्नेमा विश्वस्त छौं । केही समयपछि यो व्यबस्था अन्त्यको लागी ठुलो आन्दोलन गर्ने तयारी गरिरहेका छौं ।
तपाईहरुको आन्दोलन कहिलेदेखि हो नि ?
अहिलेनै यसको मिती घोषणा भैसकेको छैन, यहि प्रजातन्त्र दिवस पछि आन्दोलन गर्ने तयारीमा छौं । यसको लागि तयारी पनि भैरहेको छ । नागरिक सरकार विना चुनाव सम्भव छैन । तर हाम्रो आन्दोलनको स्वरुपहरु शान्तीपुर्ण हुन्छ । हाम्रो पार्टी शान्तिपुर्ण ढङ्गबाट व्यबस्था परिवर्तनको आन्दोलनको पक्षमा रहेको छ ।