विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा ।


१३ फागुन, काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी सपना रोका मगरलाई अर्धनग्न तस्वीर देखाई दिन्छु भन्दै धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतमाथी साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । त्यो तस्वीर कसरी आयो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।

विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको छ । । साइबर अपराधमा मुद्दा अघि संगै ‘बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो ।


सम्बन्धित खवर