रुखबाट लडेर उपचार गर्न हिडेका गोविन्दको जिप दुर्घटनामा ज्यान गयो ।


काठमाण्डौं म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईको भनाई अनुसार बिहीबार राति भएको दुर्घटनामा चार जना घाइते छन्।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नं को जिप सडकबाट म्याग्दी नदीमा खसेको हो।
रुखबाट लडेर घाइते भएका गोविन्द रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो , मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

 

रोका संगै जिवमा सवार घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा लगिएको छ।
यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्य रहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

जिप दुर्घटना भए संगै तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए। अहिले दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब श्यामकुमार राईले बताएका छन्।

 


सम्बन्धित खवर

अन्तर्वार्ता