
काठमाडौं : पछिल्लो समय चोरकिो घटना एक पछि अर्को गर्दै बढरिहेको छ। चोर गर्ने चोरले अपनाएको तरिका देख्दा अझै अचम्म लाग्न सक्छ, मोरङको केराबारी गाउँपालकािमा समेत एउटा यस्तै चोरकिो घटना घटेको छ ।
भैँसीको पाडो बाँधेको ठाउँबाट खुस्कएकिो हुनसक्ने ठानेर राति ११ बजे घरको ढोका खोलेर बाहरि निस्किएकी उर्मिला वि.क. लाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै मोरङको चौबसेिस्थत एउटा घरभत्र शुक्रबार मध्यरातमा लुटपाट मच्चाइएको छ ।
घरधनी गणेशबहादुर वि.क. काम विशेषले केराबारीकै पाटी गाउँतिर गएको र घरमा दुई नाबालक छोराछोरी सहित उनकी श्रीमती मात्रै भएको अवस्थामा लुटपाट मच्चाइएको हो । वडाध्यक्ष नारायणप्रसाद चेम्जोङ ले घटना भएका बेला ११ र १३ वर्षका छोराछोरीसँग गणेशबहादुरकी श्रीमती उर्मिला वि.क. मात्रै घरमा रहेको जानकारी दिए।
रातकिो समय गोठमा भैँसी खुस्कएिझै लागेर बाहरि नस्किने बेलामा ढोकाबाट बाहिर निस्कन नपाउँदै मास्क लगाएर आएका अपरचति दुई युवाले नियन्त्रणमा लिएर नशालु पदार्थ सुँघाउँदै उनलाई बेहोस बनाएर घरभित्र लुटपाट मच्चाएको लिम्बुको भनाइ छ ।
लुटपाटमा संलग्नले घर भित्र रहेको ४० हजार रुपैयाँ नगद र एक तोलाको सुनको सिक्री लुटेर लगेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।