सन्राइज बैंकको हेलुमा शाखारहित बैंकिङ सेवाको विस्तार


काठमाडौंः पछिल्लो समय बैकिंङ् क्षेत्रमा डिजीटल प्रविधि भित्रिए सँगै आ–आफ्नो सेवा सुविधा थप गरी ग्राहक लोभ्याउनेक्रम निरन्तर बढीरहेको देखिन्छ ।
यसै बिचमा सन्राइज बैंकले समेत स्याङगजा जिल्लाको पुतलीबजार नगरपालिका ११ हेलुमा शाखारहित बैंकिङ सेवाको विस्तार
गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।

बैंकले पुतलीबजार नगरपालिका ११ हेलुमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा युवराज अर्याललाई नियुक्त गरेको छ ।
सेवागा्रहीको माग र आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो सेवा विस्तार गरिएको नवनियुक्त अर्यालको भनाई छ ।

 


सम्बन्धित खवर

अन्तर्वार्ता