ग्यास बिक्रेता महासंघमा नयाँ नेतृत्व ।


काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको सातौं वार्षिक साधारणसभा र चौथो राष्टिय महाधिवेशनले ज्ञानेश्वर अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा, अर्जुन खत्री, गणेश झा, रामप्रसाद ज्ञवाली, विष्णु दुलाल, र तेजराज श्रेष्ठ निर्वाचित भएका छन् । अर्याल यस अघि पनि अध्यक्ष थिए भने थापा प्रथम उपाध्यक्ष थिए । फाल्गुन १५ गते काठमाडौंमा सम्पन्न अधिवेशनले महासचिवमा विनोद काफ्ले, सचिवमा लालबहादुर केसी, कोषाध्यक्षमा राजेश दाहाल र सहकोषाध्यक्षमा कृष्णराज खतिवडा निर्वाचित भएका हुन् । काफ्ले पनि यस पटक महासचिवमा दोहोरिएका हुन् ।

२९ पदाधिकारी र कार्यसमिति सदस्य लगायतमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । साधारणसभा तथा महाधिवेशन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

खाना पकाउने ग्यास बिक्रेतावालाहरुको छातासंगठन ग्यास बिक्रेता महासंघ नेपाल ७ वर्ष अघि गठन भएको थियो । ग्यास कारोबारलाई व्यवस्थित र आत्मानिर्भर बनाउंन विशेष भूमिका रहने नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र थापा बताउंछन् ।

स्मंरण रहोस, थापा नेपालकै सबै भन्दा धेरै ग्यास उद्योग भएको जिल्ला धादिङका स्थानीय बासिन्दा हुन ।

 

 


सम्बन्धित खवर