
काठमाडौं : सुरुमा वामपन्थी राजनीति र हाल राष्ट्रवादी आन्दोलनमा सक्रिय तेकनारायण पौडेल देशका लागि केही गर्नैपर्छ भनेर निरन्तर लागिरहेका छन् ।
प्रष्ट बोल्ने स्वभाव रहेका उनी राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय सदस्य रहेका छन् । यस राष्ट्रवादी केन्द्र नेपालले मुख्यतः समृद्धि र वैदिक सनातन धर्म र चेतनासहितको विद्रोह तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएको छ । शान्ति उन्मुत्ति, सामाजिक न्याय, कृषि क्रान्ति सहितको आर्थिक समृद्धि र सुदृढ राष्ट्रियतालाई मुलमन्त्त बनाएको छ । यस एजेण्डालाई स्थापित गर्न विभिन्न कार्यक्रमहरु गर्दैै आएको पौडेल बताउँछन् ।
वाम सरकारको कामकारवाही कस्तो छ भन्ने प्रश्नमा पौडेल भन्छन्, सरकार पुरै असफल भएको छ, अब सुघ्रने अवस्था पनि देखिदैन । अर्को एमसीसीको जुन पैसा हो यसलाई राष्ट्रमा राखेर पारित गर्नुपर्छ, राष्ट्रहितमा छैन भने पारित गर्नु हुदैन । किन कि यो नेपाललाई औपनिवेशिकरण गर्ने गरी आएको हाम्रो ठहर रहेको छ । विश्वमा उत्पन्न भएको कोरोना भाईरस यत्रो महिना भईसक्दा पनि नियन्त्रणमा आउन सकिरहेको छैन । र राज्यको निरिहता अवस्था पनि प्रष्ट देखियो ।
तपाईको व्यक्तिगत तथा राजनीतिक पृष्ठभुमीबारे बताईदिनोस न ? मेरो नाम टेकनारायण पौडेल हो । मेरो जन्म जन्म पर्वत जिल्ला हो भने कर्म थलो चितवन तथा काठमाडौं हो । मध्यम वर्गीय किसान परिवारमा हुर्कदै शिक्षा दिक्षा हासिल गर्दै सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय भए । मानविकी संकाय तथा भेटनरी साइन्समा डिप्लोमा गरी करिब नौ वर्ष भेटनरीमा जागिर समेत गरे । राजनीतिकै क्रममा जागिर छाडेको हुँ ।
म सुरुदेखि नै बामपन्थी आन्दोलनमा सक्रिय भएं । राजनीतिमा लागेर समाज निर्माण तथा परिवर्तन गर्ने बाल्यकालदेखिकै चाहना हो, थियो । कृष्ण प्रसाद भट्राई जो पर्वतबाट ०४८ सालमा नेकपा एमालेबाट सांसद पनि विजयी भए, उहाँ ०४३ सालमा जनपक्षीय उम्मेद्धार बन्नु हुँदा प्रचारमा खटिने पहिलो म नै थिए । त्यसरी अराष्ट्रिय तत्व भन्दै पक्राउ जारी भएपछि म भागे । त्यसरी ०५६ सालको जनआन्दोलनमा भाग लिदै नेकपा एमालेको राजनीतिमा सक्रिय भए ।
०५६ सालमा बामदेव गौतमको नेतृत्वमा पार्टी विभाजन भयो, म चितवन जिल्लाको तदर्थ समितिको सदस्य बने, चुनाव पनि लडियो । पछि पार्टी एकता भएपछि म एमालेमा गईन । स्वतन्त्र रहे अथवा माओवादी समर्थित भए । जब माओवादीहरु पनि विचारबाट च्युत भएपछि केही समय स्वतन्त्र रहे । त्यसरी राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द्रबहादुर थापा सागरसंग भेट भयो, म प्रभावित भए, विचार सिद्धान्त राम्रो लाग्यो । त्यसरी राष्ट्रवादी केन्द्र नेपालमा सक्रिय भएर काम गरिहेको छु ।
शाह वंशीय राजा पृथ्वीनारायण शाहले बाईसे चौविसे राज्यलाई एकिकरण गर्दै अखण्ड नेपाल बनाए । नेपाल र नेपालीलाई एउटै शुत्रमा बाध्ने काम गरे । निरंकुश राणा शासनदेखि लिएर राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्था र यसलाई ढालेर संवैधानिक राजसंस्थाको व्यवस्था हुदै २०६२, ०६३ को जनआन्दोलनसम्म आईपुग्दा विभिन्न आरोहअवरोह पार गर्दै २०६४ सालको पहिलो संविधान सभाको पहिलो बैठकले राजसंस्थालाई निलम्बन ग¥यो ।
देशमा हाल संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र हुंदैं नयां संविधान समेत आएको बताईएको छ । तर व्यवस्था परिवर्तन बाहेक नेपाल जनताको दिनचर्यमा कुनै परिवर्तन आएको छैन । बरु देश नै नरहने अवस्था पु¥याएका छन् । देशमा कम्युनिष्ट सरकार रहेको छ, तर देश र जनताका लागि केही गरेन । देशमा विदेशी हस्तक्षेप बढ्दै जाँदा आज देश कुन अवस्थामा पुगेको छ, हामी सबैले देखेकै छौं । ३० वर्षे पञ्चायत शासन ढलेर २०४६ सालमा देशमा बहुदल आयो । त्यसपछि राजाको अधिकारलाई कटौती गर्दै संवैधानिक राजाका रुपमा रहे । त्यसरी दलीय व्यवस्थालाई स्थापित गरियो ।
२०५८ सालमा दरबार हत्याकाण्ड भयो । तत्कालिन अवस्थामा ज्ञानेन्द्र राजा भए । राजसंस्थालाई निलम्बन गदै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरक्षता र दुई दुई पटकसम्म संविधानसभाको निर्वाचन भई नयाँ संविधान आयो । प्रतिनिधि, प्रदेशसभा र स्थानिय तह सहितको तीन तहको निर्वाचन भई अहिले दुई तिहाईको वाम सरकार चलिरहेको छ । तर देशमा के भईरहेको छ, हामीले एक स्थिर शक्ति चाहेको छौं । त्यसैले स्थिर शक्ति बिना अब नेपालको उन्नति प्रगति छैन । दुई तिहाईको सरकारले केही गर्न नसक्नु, प्रमुख प्रतिपक्ष जनताप्रति जिम्वेवारी बहन गर्न नसक्नु विडम्वना बनेको छ ।
हामी यहि फाल्गुन २१ गतेको कार्यक्रमलाई बृहत बनाउने गरी तयारी पूरा गरेका छौं । उपत्यकामा ५ ठाउँबाट रु्यालीसहित भृकुटीमण्डप भित्र सभा हुनेछ । उपत्यका बाहिर प्रमुख शहरहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौडा, चितवन, बुटवल, पोखरा, सुर्खेत, धनगढी र महेन्द्रनगरमा समेत एकसाथ सभा हुनेछ ।
जसले देश विदेशमा एक किसिमको धक्का दिने काम गर्नेछ । हाम्रो मुल सन्देश राष्टिय पूँजी र लगानीको सुरक्षा सहित वैदिक सनातन धर्म सापेक्ष राष्ट नेपाल रहेको छ । देशको राजनीतिलाई नियाली रहेको छौं । मैले लामो समयदेखि वैदिक सनातन हिन्दु राज्य, सामन्तवाद विरुद्ध चेतना सहितको विद्रोह र कृषि क्रान्तिको लागि निरन्तर अभियान चलाउंदेै आएका छौं । भौतिकवाद र अध्यात्मवादमा आधारित समायोजत राज्य व्यवस्था हुनुपर्छ भनेका छौं ।
पदार्थ र चेतना मिल्नु पर्नेमा पदार्थ मात्र भयो । सनातन धर्म सहितको समाजवाद भनेका छौं । हामी संगठन विस्तारमा बढी जोड गरेका छौं । यत्रो राजनीतिक परिवर्तन भयो भनिएको छ, आज देश कुन अवस्थामा पुगेको छ हामी सबैले देखेकै छौं । कुनै पनि दलले देश र जनताका लागी केही गर्न सकेनन् । केपी ओली अब सञ्चिने ठाउँ छैन । आफ्नो कमजोरीको ढाकछोप कति दिन गर्ने हो भन्या । यिनै कुरा जनतालाई बताईरहेका छौं ।
नेपाल र नेपालीको स्वाभिमान संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि कमजोर देखियो । वैदेशिक निती पुरै असफल भएको छ । भ्रष्टाचार, कालाबजारी, दलाली, अन्याय, अत्यचार, बलात्कार, मुल्यवृद्धि, करवृद्धि, बेराजगारी, विभेद र वेतिथि बाहेक जनताले केही पाएनन् । र देश पुरै परनिर्भर भएको छ । देशको उत्पादनमा ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । त्यसैले अब राष्ट्रवादी शक्तिहरु अब एक हुनुको बिकल्प छैन । देशमा विभिन्न राजनीतिक आन्दोलन भए पनि दलहरु असफल भए ।
निषेधको राजनीतिले कुनै पनि व्यवस्थालाई संस्थागत गर्न सकिदैन । आज दलहरु व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठ्न सकेका छैनन् । देश र जनताको पक्षमा सोच्ने यी नेताहरुमा फुर्सद भईदिएको भए देशमा विकासको कांचुली उहिल्यै सम्भव थियो । राजनीतिक स्थिरतासंगै देश विकास हुनुपर्ने नि तर राजनीतिक दलका गलत रवैयाका कारण यस्तो अवस्था देखा परेको हो । देशलाई माया गर्ने र यसकालागि केहि गर्नै पर्छ भन्ने ध्येय सहित निरन्तर अघि बढिरहेका छौं ।
हामी अहिलेको राजनीतिक परिवर्तनको विरोधी होइनौ । संसद विघटन र ब्युतिने जुन प्रक्रिया भयो देश झन बर्वादतिर गईरहेको छ । नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए, पटक पटक संविधान बने । यी राजनीतिक दलहरुले के कस्ता आस्वासन र भाषण दिए, आज जनताका लागी के गरे त ? प्रजातन्त्रको अनुभुती दिन सकेनन्, आफै लोकतन्त्र विपरित अघि बढेका छन् ।
त्यसैले यसको विकल्पमा ईतिहासले निरुपति गरेको देशभक्तिको सापेक्षता र जनताले चाहेको परिवर्तनको छिनोफानो गर्न राष्ट्रवादी केन्द्र नेपाल अगाडी आएको छ । त्यसैका लागि हामी खबरदारी सभा र संगठन निर्माणमा सक्रिय छौं । हामीले सबै जिल्लामा संगठन निर्माण गर्नुको साथै देशभरी सम्पर्क बनाईसकेका छौं ।
देशमा संविधान सभाले संविधान त ल्यायो । तर राष्ट्रवादीहरुमाथि निषेध गरियो । यसको प्रमुख कारण भनेको प्रमुख राजनीतिक दलहरुमा व्यक्तिवाद र यथास्थितिवादी चिन्तन हावी भई आदिवासी जनजाती, महिला, दलित, तराई मधेस, मुस्लिम, अल्पसंख्यक, उत्पीडित क्षेत्र, भाषाभाषी, लिङग, क्षेत्र, जनताको चाहनालाई ईन्कार गर्नु, षडयन्त्रमूलक ढंगले देशभक्ति र स्वाभिमानलाई भुलेर आफ्नो स्वार्थ अनुकुलको संघीयताको संरचना बनाए ।
तसर्थ, हिमाल, पहाड, तराई मधेश काही छैन पराई भन्ने भाव राखी सबै पक्षलाई समेट्दै गास, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, शान्ति सुरक्षा, राष्ट्रियता, लोकतन्त्र, आर्थिक समृद्धि र सामाजिक न्याय सहितको समतामुलक समाज स्थापनाको लागि निरन्तर संघर्ष गर्ने छौं ।
यो देशको एकता र ऐतिहासिकता झल्काउन वा बनाउन मातृभुमीको संरक्षरको संकल्प गर्न चाहन्छौ र आह्वान गर्दछौंं । मुलुकलाई सबैको साझा राज्य बन्ने गरी शोषक र शासित नभएको समाज र जिवन पद्धति दिन र हेर्न चाहन्छौं । नयाँ संविधानले भने जस्तो समाजवाद मुखले भनेर मात्र हुदैन, हामी व्यवहारले गरेर देखाउन चाहन्छौ । जनता परिवर्तनका संवाहक हुन् ।
तर परिवर्तनको लेखाजाखा ईतिहासबाट हुनुपर्छ । संसारकोे इतिहास साक्षी छ, शान्ति, राजनीतिक स्थायित्व र सुशासन विना देश अगाडी बढ्न सक्दैन । त्यसैले दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि र राष्ट्रियताका लागि यस्ता अभियानको विकल्प छैन । त्यसैले सबै दिदी बहिनी, दाजुभाइ, बुबा आमाहरुमा यस अभियानलाई साथ दिन विनम्र अनुरोध गर्दछौं । हाम्रो अभियान भ्रष्टाचार विरुद्धको अलावा बिखन्डन, बलात्कार, गृहयुद्ध र वैदेशिक हस्तक्षेपबाट मुक्ति पाउनै पर्छ भन्ने हो ।
कालापानी लिपुलेक भारतले आफ्नो देशको नक्सामा समेटिनु हाम्रा राजनीतिक दलमा राष्ट्रियता नभएर हो । यति धेरै संघर्ष गरेर आएका भनिएका नेताहरु देश र जनतालाई निकास दिनुपर्ने बेलामा उहाँहरु निरन्तर चुक्नु भयो, बहुत बिडम्बना भएको छ । त्यसकारण राजनीतिक परिवर्तन संस्थागत गर्न सकेनन् । हामीले नगरे पनि अर्कोले गर्छ ।
किनकी किनकि जनतामा घैर्यताको बाँध टुटन सक्छ । हामी कहां राजनीति धेरै भयो, त्यसैले शुद्धिकरण आवश्यक छ । दुई तिहाईकोे वाम सरकार चलिरहंंदा देश र जनतामा झन् बेहालको अवस्था सृजना भएको छ । सुशासनको अभावमा भ्रष्टाचार झन मौलाई रहेको छ ।
डण्दहिनता बढेर गएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भयो, उनको परिवारले अहिलेसम्म न्याय पाएनन् । न्यारो वडी, वाईडबडीमा त्यत्रो भ्रष्टाचार भएको तथ्याक बाहिर आईरहंदा कसैलाई कारबाही नहुनु यो सरकार भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा प्रष्ट भएको छ । विदेशी हस्तक्षेप बढिरहेको छ । यत्रो रेल, मोनो रेल, मेट्रो रेल र पानी जहाजको कुरा गर्ने सरकार उपत्यकावासीको वर्षौको सपना मेलम्चीको पानी ल्याउन समेत सकिरहेको छैन ।