राजनीति, समाजसेवा र व्यवसायलाई संगसंगै अगाडि बढाउछु : तिलक लोहनी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिलक लोहनी, लोहार बन्धु समाज नेपालको संस्थापक संस्थापक अध्यक्ष हुनुहुन्छ ।
तिलक लोहनी व्यवसायिक, समाजसेवा र राजनीतिक रुपमा परिचित नाम हो । ओखलढंगाा जिल्ला सिद्धिचरण नपा २ (साविक ठुलाछाप १) स्थित बुबा स्व. गणेश लोहार र आमा मनमायाको कोखबाट २०२३ भदौ १० गतेका दिन उनको जन्म भएको हो । पारिवारिक सामाजिक आर्थिक अवस्था निम्नवर्गीय सामान्य थियो, बुबा खेतीपातीको अलावा बालीघरे फलामको काम गर्नुहुन्थ्यो । मेरो स्वभाव सानै उमेरदेखि शालिन र मिलनसार तर अन्याय सहन नसक्ने खालको थिएं, छु ।

एक अर्काको समस्यालाई साथ दिने मेरो अर्को स्वभाव रहेको छ । जब मैले समाजलाई बुझ््न थाले हामीलाई दलित भनिदाँे रहेछ । किनकि हामीलाई दलित भनेर हेप्ने गर्दा रहेछन् । बुबा आमामा पनि छोराछोरीलाई पढाउनुपर्छ भने सोच भन्दा पनि हजुरबुबा बलभद्रामा मलाई अथवा माईलो नातीलाई पढाउनुपर्छ भन्ने थियो तर घरको आर्थिक अवस्था र विभिन्न परिस्थितिले आफुले सोचे जस्तो पढाईलाई निरन्तरता दिन सकिन । २०४४ सालमा एसएलसी पास गरिसकेपछि म धरान हुंदै ०४७ पछि निरन्तर काठमाडौंमा रहेको छु । सानैदेखि राजनीतिक, आर्थिक, सामाजिक र साँस्कुतिक रुपमा केही गर्नुपर्छ भन्ने सोच पलायो । यसरी आजसम्म अनवरत रुपमा सक्रिय भूमिका खेल्दै आएको छु ।

वास्तवमा मलाई स्कुल पढ्दै गर्दा शिक्षक बन्ने ठुलो सपना थियो तर त्यतिबेलै मेरो बाल मनस्थितिमा नराम्रो छाप पर्यो । मेरो मामा साइनो पर्नु हुने शिवलाल विक हुनुहुन्थ्यो । उहाँ शिक्षक बन्ने क्रममा त्यो समाजले दलितलाई कहाँ शिक्षक मान्नू र नमस्कार गर्नु भनेर जातीय विभेद, अपमान र अपहेलित गरियो । त्यसपछि उहाँ विस्थापित भएर हाल दार्जलिडको कल्लेपुडमा परिवार सहित बस्नु भएको छ । त्यसकारणले पनि झन मलाई शिक्षक बन्ने ठुलो रहर थियो विडम्वना त्यो पूरा हुन सकेन ।

किनकि हामीले पढाई, सघर्ष अनि विभेदका विरुद्ध लड्नुपर्ने भएपछि समयले आँटेका कामहरुमा अवरोध भईरहंदो रहेछ । जुन मेरो जीवनमा पनि लागू भयो । घरमा दुई दिदी बहिनी र हामी ५ दाजुभाई मध्ये म माईलो हुं । मैले जहिल्यै पारिवारिक स्वार्थ हेरे, हेरिरहें र हेरिरहेको छु । बुबा दाजुभाईहरुलाई कहिल्यै काखापाखा गरिन र मेरो श्रीमतिमा पनि त्यस्तो सोच भएन ।

कान्छो भाई तेजबहादुरलाई काठमाडौं ल्याई अध्ययन गराई शसस्त्र प्रहरीमा भर्ना गराउनेदेखि लिएर विवाह गराउने काम समेत गरें । उनीहरुले जे सोचुन तर पारिवारिक रुपमा निस्वार्थ रुपमा जति काम र सेवाहरु गरें म सन्तुष्ट नै छु । साथै आमा बुबा म संग धेरै नै खुसी हुनुहन्थ्यो । ओखलढुंगा निवासी चेतकुमारीसंग मेरो मागी विवाह भएको हो । तीन वटा छोरीहरुलाई राम्रो शिक्षा दिक्षा दिने काम गरें । एउटा छोरा रहेको छ, ह्वाइटफिल्ड स्कुल नयाँबजारथित कक्षा नौ मा अध्ययनरत रहेको छ । छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिने काम गरें, मैले कमाएको सम्पत्ति पनि त्यहि हो भन्ने लाग्छ ।

काठमाडौं आईसकेपछि मैले सुरुदेखि नै पर्यटन क्षेत्रमा काम गरें । पोटरदेखि मालिकसम्म बने । हिमगंगा टुर्स प्रा. लि. सञ्चालन गर्दै आएको छु । जसले टुरको काम गर्ने गर्दछ । जस अत्तर्गत तीन वटा गाडी सञ्चालन गर्दै आएको छु । हाल कोरोनाले गर्दा व्यवसाय सुस्त रहेको छ । काम गर्दै जाने क्रममा छाता संगठन नेपाल पर्यटन यातायात व्यवसायी संघमा जोडिए । उक्त संघको कार्यसमिति सदस्य र दुई कार्यकाल प्रथम उपाध्यक्ष भएर काम गरें । ०६६ सालमा हाम्रो कम्पनी संघमा जोडियो । त्यसबेला २८ वटा संस्था मात्र आबद्ध थिए । संघ कसरी अगाडि बढ्ने भन्ने कुनै कार्य योजना नभए जस्तो र अलमल पनि देखें ।

त्यसरी संघले एउटा छलफल कार्यक्रम राखेको थियो, सबै व्यवसायी साथीहरुले टाफिकसंग पर्यटक गाडीको स्टिकर माग्ने कुरा मात्र आयो । भाग्यवश अन्त्यमा मेरो बोल्ने पालो आयो, राज्यले पर्यटकको लागि हरियो प्लेडको व्यवस्था गरिकेको हुंदा हामीले उक्त प्लेडनै पाउनुपर्ने मागका लागि संघर्ष गर्नुपर्छ भने । त्यो कुरामा एकस्वरले पारित भयो । त्यसरी तत्कालिन मन्त्री शरदसिंह भण्डारीसंग पर्यटन बोर्डमा एक कार्यक्रम गरि छलफल गर्यौै । त्यसपछि पर्यटन यातायात व्यवसाय निर्देशिका तयार भयो र हामीले हरियो प्लेड सहितको गाडी सञ्चालन गर्न पाउने भयौं ।

त्यसैको उपज अहिले यस व्यवसायमा लाग्नेहरुले एउटैले पैंतिस चालिस वटा गाडीहरु सञ्चालन गर्दै आएका छन् जुन मेरै कार्ययोजना थियो भन्दा फरक पर्दैन । अब टाभल होटल लगायतले गाडी राख्न हुंदैन भन्दै आएका छौं । सबै टुर्स कम्पनीलाई व्यवसायिक र फराकिलो बनाउन पनि यसको तड्कारो आवश्यकता रहेको छ ।
व्यवसायको अलावा समाजसेवा र राजनीतिलाई पनि संगसंगै अगाडि बढाएं । म जन्मेको रक्तमाला प्रा. विृ. (हाल आधारभुत) स्कुललाई व्यवस्थित काम गरें ।

अर्कै स्कुल गाभ्न खाजिएको उक्त स्कुललाई रोक्यौं । मैले ५० विद्यार्थीलाई झोला वितरण गरेर काम सुरु गरें । त्यसपछि विद्यार्थीको संख्या बढ्दै गयो साथै भौतिक संरचनाको लागि जग्गा चाहिने भयो । मैले पहल गरें, मैले कामहरुको पहल र काम नै थालेपछि सबैले चासो थाल्यो । त्यसभन्दा अगाडि समाजका कसैको चासो थिएन । त्यसरी उक्त स्कुललाई व्यवस्थित गर्दै हाल भदौरे, तलुवा र ठुलाछाप गाउँको नमूनायोग्य स्कुल बन्न सफल भएको छ । विद्यार्थी संख्या पनि बढिरहेको छ । र हाल पनि झोला कापी कलम वितरण गर्नुको साथै मगर समुदायको एकजना असहाय विद्यार्थीको सबै शिक्षा दिक्षामा लाग्ने खर्च सहित अभिभावकत्व गरिहेको छु ।

त्यसैगरी भुकम्प गयो, मैले चार सय बन्डल जस्तापाता दलित समुदाय लगायतलाई वितरण गरें । रक्तमाला प्रा. वि. को लागि चार बन्डल जस्ता सहित तहरा बनाउने काममा समेत सहयोग गरें । स्थानीय तह चुनावमा माओवादीले जित्ने ठाउँमा नेकपा एमालेलाई जिताउने गरी लामो समयदेखि नजिकैको छिमेकीले मुलको पानी दिईरहेका थिएनन् । उक्त पानी आफ्नो गाउँमा ल्याउने शर्त सहित तत्कालिन नेकपा एमालेका उम्मेद्धवार कृष्ण कार्कीलाई प्रतिबद्धता गराई मेरो एक्लो प्रयासमा उहाँलाई जिताउने काम गर्यौं ।

त्यसपछि वडाको पहलमा पानी बोरिड गर्ने काम भयो हाल हाम्रो बस्तीमा न्युन शुल्कमा घरघरमा पानी सहितको धाराहरु वितरण भईरहेका छन् । साथै नगरपालिकास्तरबाट भएको पानीको आयोजना समेत हाम्रो बस्तीमा समेत आएको छ । जसबाट सबै खुसी छन् । राजनीतिको कुरा गर्दा ०४७ पछि नेकपा एमालेको सदस्यता लिएको हुं । ओखलढुंगाा काठमाडौं सम्पर्क कमिटिको सदस्य हुदै प्रदेशस्तरीय संम्पर्क समितिमा समेत बसेर काम गरिरहेको छु । पार्टीको भुगोल तथा संगठनमा बसेर काम गरिरहेको छु । अब चाहना सांसदमै चनाव लड्ने रहेको छ ।
अब लोहार बन्धु समाज नेपालको पृष्ठभूमिबारे कुरा गरौं । २०७३ सालको कुरा हो, डडेल्धराका गोपीराम लोहार ज्यूले पेप्सीखोलामा लोहारबन्धुहरुको भेला छ जाउँ भन्नू भयो । झन्डै सय जना जतिको उपस्थिति थियो । गोपाल प्रसाद विकेले नेतृत्व गर्नुभएको थियो । उहाँ पूर्व डिएसपी हुनुहुंदोे रहेछ । त्यहां विश्वकर्माहरुको कुरा मात्र उठ्यो । खासमा विश्वकर्माहरुको एक सय पच्चिस थर रहेका छन् । हामी लोहार हौं, हाम्रो पहिचानको लागि लोहार बन्धुहरुको एकता आवश्यक छ, त्यसो गर्दा अरु थर भएका विश्वकर्माहरुको पनि एकतामा जोड हुन्छ र अधिकारका लागि लड्न पनि सजिलो हुन्छ भन्ने मैले मेरो भनाई राखे ।

मेरो कुरामा पुरै ताली बज्यो । लोहार बन्धु कुल वंश संरक्षण प्रतिष्ठान नेपालको कार्यसमिति बन्ने भयो । उक्त प्रथम भेलाले मलाई उपाध्यक्ष चुन्यो तर संस्था दर्ता नगर्ने अभियान मात्र गर्ने भन्ने कुरामा मेरो सहमति रहेन । खासै कामहरु अगाडि बढ्न सकेन । त्यसपछि उहाँ एकिकृत विश्वकर्मा समाजको अध्यक्ष बन्न जानु भयो । यता हामीले २०७५ सालमा दोस्रो भेला गरि प्रथम भेलाको नामाकरणलाई छोटो र सजिलो हुने गरी लोहार बन्घु समाज नेपाल बनायौं र ०७६ मा दर्ता गर्यौं ।

लगतै कोरोनाले गर्दा लकडाउन भयो अब हामी संस्थाको गतिशिल बढाउँछौं । गोत्र एउटै बनाउँने, कुल देवता स्थापना वा नाम जुटाउने, लोहार बन्धुहरुको देशभरीको डाटा उतार्ने र साथै सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक र शारिरीक अवस्थाको समेत डाटा उतार्छौ । हिरालाल विश्वकर्मा जो पञ्चायतमा मन्त्री भए, उनी लोहार थिए । उनले सरकारबाट निर्णय गराई १२५ थर रहेका विश्वकर्माहरुलाई सबैको थर विश्वकर्मा लेख्ने निर्णय गराएका हुन् । त्यसरी सबैले आफ्नो थर र पहिचान भुली विश्वकर्मा लेख्न थालियो ।

त्यतिबेलाको परिस्थिति पनि त्यस्तै थियो । किनकि फलामको काम गर्ने कामी, जुत्ता सिउने साकी र कपडा सिउनेलाई दमाई भनेर थर लेख्न बाध्य पारिन्थ्यो । ०६३ सालको अन्तरिम संविधान र हालको नयाँ संविधानले दलित समुदायले थर फेर्न पाउने व्यवस्था गरेको छ । सुरु राष्टिय दलित आयोग र हाल जिल्ला प्रशासन कार्यलय मार्फत थर फेर्न पाउने व्यवस्था गरिएको छ । अब १२५ वटै थर भएका विश्वकर्माहरुले आफ्नो पहिचान खोज्न जरुरी रहेको छ । नेपालको सन्दर्भमा लोहार बन्धुहरुको एक मात्र संस्था लोहार बन्धु समाज नेपाल नै हो ।

दलित आन्दोलन अवस्थामा के छ भन्ने प्रश्नमा तिलक लोहनी बताउँछन्, दलित आन्दोलन हिजोको अवस्था भन्दा धेरै परिष्कृत भएको अवस्था छ । देशमा निरंकुश राजसंस्था फालेर संघीय लाकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्था आईसकेको भएपनि दलित आन्दोलन एकता, संगठन र एथेष्ट नितीको अभावमा कमजोर भईरहेको छ । त्यसैले शोषणको रुप फेरियो होला शोषण हटेको छैन । यसो भनिरंहदा पछिल्लो राजनीतिक परिवर्तन तथा व्यवस्थाको विरोधी होइनौ ।

यहि व्यवस्थाभित्र रहेर दलित, जनजाति, महिला, मधेसी मजदुर किसान आदीले आरक्षर सहितको अधिकारको लागि निरन्तर लडिरहनु पर्दछ । लडिरहन्छौं ।
दलित आन्दोलनमा के के गर्नुभयो ? भन्छन्, दलित आन्दोलनमा मैले के के गरे भन्ने कुरामाथिका हरफहरुमा पनि आईसकेको छ । मैले निरन्तर श्रमजीवी दलित समुदायमाथि भएका थिचोमिचो विरुद्ध लडे । जसलाई साँस्कृतिक आन्दोलन भन्न सकिन्छ । मन्दिर प्रवेश, अन्तरजातिय विवाह, अदालती केश, छुवाछुत विरुद्ध दलित र गैरदलितबीचको सहभोज गरेर सामाजिक जनचेतना मुलक कामहरु गर्दै आएको छु । तर संगठन, एकता र निती बनाउन सोचे जसरी काम गर्न सकिरहेको छैन । एकता, संघर्ष, रुपान्तरणका लागि कोसिस भने गरिरहेका छु ।

आखिर सिपको सुरुवात नै दलित समुदायले गरेका हुन नि होईन र ? उनको कथन रहेको छ, अवश्य पनि, दलित समुदाय त आखिर सर्टिफिकेट नभएका आविष्कारक वैज्ञानिक हुन् । जुन कुरामा भारतमा पनि उठ्यो । एउटा मोडेल हेरेको भरमा काम गरेका हुन् । पौणाणिक कालमा पुष्प विमान पनि कामीहरुले नै बनाएका हुन् । हिजोका दिनमा कामी, दमाई र सार्की आदिले गर्ने काम गैरदलितले गरेनन् नि । आज त हाम्रो पेसा सबै जातिले गर्छन् गरेका छन् ।

यो स्वागतयोग्य कुरा हो । तर हिजो हाम्रो पेशालाई छुन समेत हुंदैन भन्थे । जुन न्याय संगत थिएन । त्यसैले जसले राम्रो काम र कर्म गर्छ उ ठुलो हुनुपर्ने हो, आत्मासम्मान हुनु पर्ने हो, तर त्यसरी हेरिएन, जातको आधारमा हेरियो जुन विडम्नापूर्ण थियो, छ । यसरी कामको आधारमा बनाईको जातपातको व्यवस्थालाई मल्ल राजा जयस्थिति मल्लको पालादेखि विभेद सुरु भयो ।

त्यसपछि पृथ्वीनारायण शाहदेखि जंग बहादुर राणासम्म आईपुग्दा कानुन नै बनाएर बैधानिकता दिइयो । त्यसरी आजसम्म दतिल समुदाय वौरिन सकेका छैनन् । सामाजिक, राजनीतिक, साँस्कृतिक, धार्मिकको अलावा शिक्षा स्वास्थ्य रोजगारीबाट समेत वञ्चित गराईएको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता