राष्ट्रपति बाटै कु भएकाले यो संविधानले अब काम गर्दैन : शरदचन्द्र दाहाल


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्टिय एकता पार्टी अध्यक्ष, शरदचन्द्र दाहाल

देशको समसामयिक राजनीति कस्तो छ ?

हालको समसामयिक राजनीति विदेशी विचार वोक्ने, बाह्य दुष्मनहरुको चक्रव्यूहरुबाट गुज्रिरहेको छ । इतिहासमा मुलुक पहिलो पटक आम विदेशी दुश्मनहरुको कुचक्रबाट भर्खर ठूलो दुर्घटनामा पर्ने लागेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र भनिएको हालको व्यवस्थामा संघियतावादीहरुले पनि केही प्राप्त गरे जस्तो लोकतन्त्रवादीहरुले पनि भागवण्डामा शेयर पाएजस्तो र गणतन्त्रका पक्षधरहरुले पनि गणतन्त्र प्राप्त गरे जस्तो गरी संविधान नै भागवण्डाको दस्तावेजको रुपमा आएको छ । यस संविधानमा जनताले माग्दै नमागेको एजेण्दाहरु पश्चिमाहरुको डलर खाएर सीमित नेताहरुले राजसंस्थाको अन्त्य गरि संघियता र धर्म निरपेक्षता संविधानमा समावेश गरेका थिए । संघियताको नाममा अधिकार र साधन स्रोत एवं व्यवस्थापनको विकेन्द्रीकरण खोक्रा नाराहरुमा परिणत भएका छन् । तर वास्तविकतामा नेपाली जनताले केही पनि प्राप्त गरिरहेका छैनन् ।

फगत फोस्रा आश्वासनमा जनता बाँची रहेका छन् । गणतन्त्र भनिएको व्यवस्थामा संघमा यति धेरै शक्ति केन्दी्रकरण गरिएको छ कि प्रदेश र स्थानीय निकायहरु सिर्पm कर उठाउने कर कार्यालयमा रुपान्तरण भएका छन् । जनतालाई तीन तहको कर तिर्न विवस बनाइएको छ र तीन तहमा बनेका अनावश्यक कानूनको जालोले जनता बाँधिएका छन् । नेपाली जनताका नजरमा संघ (केन्द्र) आज एउटा घृणाको विषय बनेको छ । जनताको आकांक्षाहरु किनारा लगाउनका लागि प्रदेश र स्थानीय निकायलाई स्वीकृती कहिल्यै दिईदैन, दिइने छैन ।

नेपाली जनताको पूर्णकालिन स्वतन्त्रताको सपना जहिले पनि शब्द जालमा पारेर दिइएको छ । सपनाहरु जहिले पनि अधुराको अधुरै रहेका छन् । तर पूर्णकालिन स्वतन्त्रता प्राप्तिका लागि जहिले पनि आन्दोलनको तयारीमा जुट्न प्रतिगामी हवाला दिंदै कार्यकर्ताहरुलाई उचालि रहेको छन् । बामपन्थीहरुको निरन्तर खेती नै आन्दोलन छ । यस प्रकार नेपाली जनता आरामपूर्वक बाँच्न त नपाउने नै भए । राजाले मात्र यस्ता तर्कहिन र अर्थहिन गणतन्त्रवादीहरुलाई या त किनारा लगाउन सक्छन् या त ध्वस्तै पार्न सक्छन् । तर परिवन्दले राजा पनि अहिले बाहिर पारिएको वेला गणतन्त्रवादी यी गणतन्त्रका नव–सामन्तहरु, शोषकहरु न भगवानसँग डराउँछन् न त मानिसप्रति नै इमान्दार छन् ।  यिनीहरुले गरेको कुकर्म र भ्रष्ट्रचारका कारण नेपाली गरीब, मजदुर र किसान जनतासँग भएका सबै साधन र स्रोतहरु नव धनाढ्यका हातमा अर्थात सत्ताधारीका हातमा पुगिसकेको छन् ।

जनता चिहिलविहिल भएर मजदुरी गर्न र अस्मिता विक्री गर्न ठूलो संख्यामा विदेशिन परेको स्थिति छ । नारी राष्ट्रपति भएका गणतन्त्रात्मक मुलुकमा नेपालका चेलीहरु ताञ्जानियाका नृत्यालय र वेश्यालयमा खसी वोका जस्तै विक्री भैरहेका छन् । १२ बुँदे दिल्ली सम्झौता पछि नेपालको राजनीति दिल्लीबाट संचालन गरिरहेको छ र अव धर्म पनि दिल्लीले नै संचालन गर्न चाहेको छ ।

देशमा गम्भीर अस्थिरताले जरो गाडीसकेको छ । बहुमत, अल्पमत सम्मिलित ऋयगितष्यल कुनै पनि सरकार चलेको छैन । चल्न सक्ने हालतमा छैन । यस्तो खाले अस्थिरता भ्रष्टहरुका लागि स्वर्गलोकमा रुपान्तरण भएको छ । ९ज्ष्नज अबउबअष्तथ या अयचचगउतष्यल, जष्नज अबउबअष्तथ या खष्यभिलअभ० राजनीतिले सबैखाले आत्मिक गुणहरु मौलिक मूल्य र मान्यताहरु र सबैखाले नैतिकताहरु गुमाई सकेका छ । एयष्तिष्अक जबक यिकतक ष्तक धजयभि कभत या भककभलअभ भलिय बलम mयचबकि।

पृथ्वीनारायण शाहको योगदानलाई कसरी लिनुहुन्छ ?

श्री ५ पृथ्वीनारायण शाहले रगत र पसिनाका थोपा थोपा र समयको पल पल राष्ट्र र नेपाली जनताका नाममा लगानी गरेर विशाल अठोटका साथ सम्पूर्ण खाले व्यक्तिगत चाहना र आकांक्षा छोडेर, लोभ लालच त्यागेर सबै खाले रिस राग र मुर्खतापूर्ण कृयाकलाप नगरेर शंकालु र गलत दृष्टिकोण नराखी कुशल युद्धकला प्रदर्शन गर्दै उच्च कोटीको कुटनीतिक क्षमताका आधारमा थुप्रै रजौटाहरुलाई सिंगो नेपालमा मिलाएर एउटा पुस्तैनी शाह राजसंस्थाको शुरुवात गरे । उनले ती राज्यहरुलाई गाभी सकेपछि त्यस राज्यका रितिस्थिती, संस्कार संस्कृति र परम्पराहरुलाई पहिलेकै रजौटाहरुले जस्तै व्यवस्था पनि गरिदिए ।

मानिसहरुले उठाएका परिस्थितीहरुलाई होसियारीपूर्वक व्यवस्थापन गर्न र समझदारी बनाई राख्नका लागि उनीहरु सबै राष्ट्रिय झण्डा प्रयोगमा ल्याए । कुमारी पुजालाई निरन्तरता दिए । खड्ग साट्ने प्रचलन र गुठी प्रथालाई सुचारु गरे । यहाँ सम्मकी आफ्नो देशको नाम ‘‘गोर्खा’’ नाम नराखेर ‘नेपाल’ लाई नै निरन्तरता दिए । हामी पृथ्वी विचार मान्ने मानिसहरु ठूला देशभक्त हौं र ठूला प्रजातन्त्रवादी हौं । यसर्थ पृथ्वी जयन्ती स्वत भव्य हुने नै भयो । विरोध, विद्रोह विनास त गर्न सजिलो छ तर त्यसलाई व्यवस्थापन गर्न धेरै गाह्रो छ । पृथ्वी नारायण शाहाले साना मुलुकलाई सिंगो नेपालमा गाभ्ने मात्र काम गरेनन् पुरै व्यवस्थापन पनि गरे । सत्यतामा एकता हुन्छ र स्वदेशी विचार मात्र प्रजातान्त्रिक विचार हो । इमान्दार नागरिक भनेकै नेपालभित्र वसोवास गर्ने जाती जनजाती, आदिवासी खस र आर्यहरु हुन् ।

विदेशीका इशारामा शासन गर्नेहरु त आततायी हुन् देशद्रोही र अप्रजातान्त्रिक र अराष्ट्रिय तत्व हुन्छन भनेर पृथ्वीनारायण शाहले हामीलाई सिकाएका छन् । स्वदेशी विचारका आधारमा निर्णायक, सृजनशील राजतन्त्रका पक्षपाती थिए पृथ्वीनारायण शाह । साना तहका पियन, सिंचाई, दलित, उत्पिडीत सबैलाई माया गर्ने उन्मुक्ति दिने काम बडामहराजाधिराजले गरिबक्सेको हुँदा पृथ्वी जयन्ती २९९ वर्षसम्म पनि नेपाली जातीले राष्ट्रिय पर्वकै रुपमा एकता दिवशको नामबाट मनाउँदै आएका छन् । आफ्नो देशको जिनिस (सामान) जडिबुटी विदेशमा लगेर पैसा आर्जन गर्ने कुराले देशको विदेशी मुद्राको घाटा घटाएर मुलुक धनी बनाउँछ । ‘‘घुस खान्या र घुस दिन्या दुवै अपराधी हुन्’’ । ‘‘कुल धर्मको रक्षा गर्नु’’ स्वधर्मको पालना गर्नु, सत्य मात्रको जय होस्, नेपाल दुई देश बीचको तरुल हो, जनता बलिया भए दरवार वलियो हुन्छ जस्ता वहाँका महान वाणी ले आज पनि हामी राज्य संचालनमा सघाउ पु¥याउँछ ।

भाडादर र निकटका औपचारिक संस्थामात्र बलियो भएर स्थिरता र स्थायित्व आउँदैन जनता नै बलियो हुनु पर्दछ । कमजोर जनताले समृद्धि हासिल गर्न सक्दैन । स्वदेशी विचार वोकेका राजनीतिक स्थायित्व र जनताप्रति उत्तरदायी सरकार चाहिन्छ । जनता र राजा मिलेर मात्र मुलुक बन्दछ । कानूनी शासनलाई बढावा दिएर सुशासनको सुनिश्चितता गरेर भ्रष्टचार र दण्डहिनतालाई न्यूनिकरण गरेर झन्झटिलो प्रशासन, सम्पत्ती माथिको अधिकार सुनिश्चित गर्ने कुरा व्यापार र नाफालाई हेर्ने सकारात्मक दृष्टिकोण व्यापार र उद्यमशिलताका विकासका निम्ति भौतिक संरचना निर्माण गर्ने कुरा लगानीका वातावरण बनाउने कुरा रोजगारीका अवसर श्रीजना गर्ने कुरा उत्पादन र व्यापारलाई बढावा दिने सबै कुुरा पृथ्वी नारायण शाहाका दिव्योपदेशभित्र छन् । यस्ता वडामहाराजाधिराजको जन्म जयन्ती भव्य रुपले मनाइनु स्वाभाविकै हो ।

देशको ऐतिहासिकता र राजाबारे के भन्नुहुन्छ ?

नेपालको सन्दर्भमा शाह राजाहरुको राष्ट्रिय एकिकरण, मुलुकको आधुनिकीकरण र प्रजातान्त्रिकीकरणमा ठूलो योगदान रहि आएको छ । नेपाली शाह राजाहरुको विशिष्ट गुण नै सवै जाति, धर्म र वर्णका मानिसहरुलाई एकै शुत्रमा बाँधेर राष्ट्रिय एकता बनाई राख्न अर्थात सन्तुलन कायम राख्नु नै विशिष्ट गुण हो । एकिकरण अभियानमा सेना र जनतालाई सन्तुलनमा लिएर गरिएको थियो । सेना र शहिदको परिवारको ख्याल राख्ने विषयदेखि परिपक्व राष्ट्रिय सुरक्षा निम्ति सम्मको अध्ययन गर्दा वृटिश साम्राज्यवादी शक्तिलाई परास्त गरेर नेपाललाई उपनिवेश हुनबाट जोगाउन शाह राजाहरुको विशाल योगदान थियो । पदका आधारमा, जातियतका आधारमा कोही पनि ठूलो सानो हुँदैन । सबै नेपाली जन्मैदेखि समान छन् भन्ने ज्ञान शाह राजाहरुलाई थियो । राजा स्वयंले पनि शहिदको आदर्शलाई पछ्याएका थिए । राजाले अन्याय गर्नु हुँदैन, धोका दिनु हुँदैन जनताका सम्पत्ती र इज्जतमाथि कुदृष्टि लगाउनु हुँदैन । जाइकटक गर्नु झिकी कटक नगर्नु जस्ता महान विचारहरु शाह राजाहरुमा पाइन्छन् । देशको ऐतिहासिकतामा राजाहरुको वर्णन गर्दा पृथ्वी नारायण शाह र राजा महेन्द्र एक दिन पुजिन भगवान थिएनन् या त वर्षमा एक दिक श्राद्ध गरेर पिण्ड चढाउने पुर्खा नै हुन् । तिनीहरु त नेपाल बदल्ने राष्ट्र निर्माता र राष्ट नामक, महानायक थिए, एशियाली महानायक । दुनियाँलाई न्याय दिने, समानता दिने, आत्म निर्भर बनाउने, समृद्धिशालीको विचार दिने विचारक राजनेता र राष्ट्रिय अभिभावक एवं अन्र्तराष्ट्रिय व्यक्तित्व थिए ।

वहाँहरुको विचारमा वौद्धिक साम्यवाद को किरण देखिन्छ ।
नेपालका राजाहरुमा आफ्नो राज्यमा औषत शक्तिको आपैmले व्यवस्थापन गर्ने सामथ्र्य ल्याकत थियो । जसले गर्दा असाधरण र अतिवादी शक्ति र त्रूmर शक्तिले नोक्शान पु¥याउन सक्दैनथ्यो । यस कुरामा राजाले लापर्वाही गरेको खण्डमा दुर्भाग्यवशः परिस्थिति सृजनाहुन समय लाग्दैन । एकिकरण सहित राजाहरुलाई राम्रो भाग्य र विशालशक्ति प्राप्त भएर पनि वृटिश साम्राज्यलाई नियन्त्रण र सन्तुलनमा राख्न सकेका थिए । यस्तो कार्य खास राजाहरुले मात्रै गर्न सक्दछन् । कतिपय राजाहरुले आपैmलाई कमजोर पनि बनाए । आपूmलाई कमजोर बनाउनु भनेको साथीहरु गुमाउनु नै हो । केही चाटुकारहरुले बनाएर राखेको घेरा तोड्न नसक्ने राजाहरु इतिहासबाट विलय भएका पनि छन् । आफ्ना धार्मिक, सामाजिक, आर्थिक सैनिक या विश्वकै आत्मिक शक्ति बढाउन नसक्ने राजाहरुको विशाल सत्ता धरापमा पर्ने गरेका थुपै्र प्रमाणहरु भेटिन्छन् । त्यतातिर समय खेर नफालौं ।

जनताको विश्वास जित्न सक्ने राजाहरु सफल भएका छन् भने आफन्त नातेदार र वरिपरीका संस्थालाई बलिया बनाउँदैमा बाह्य शक्ति सँग सन्तुलन कायम गरेरै रमाउने राजालाई जनताले लखटेका पनि छन् । राजाका लागि युद्ध एउटा तल्लो स्तरको कला हो । कलाको गुरु नै राजाका लागि राजा संचालन गर्ने मुख्य शुत्र हो । हात हातियर प्रयोग हुनु नहुनु । प्रयोग गर्न नगर्नुमा ठूलो फरक पर्दैन तर हतियार बोकेका मानिससँग हतियार नबोकेका मानिस असुरक्षित महशुस गर्दछ । युद्ध कला नै बुभ्mन नसक्ने राजालाई सिपाहीहरुले पनि मान्दैनन् र जनताले पनि भरोसा गर्न छाडिदिन्छन् । नेपाली राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाको पनि कहिले आशा लाग्दो र कहिले निराशाजनक आवश्यकताहरुबाट गुज्रेको पाइनछ ।

प्रधानमन्त्री ओलीको संसद विघटन र ब्युतिने प्रक्रियाले विद्यामान व्यवस्था धरापमा परेकै हो ?
प्रधानमन्त्री ओलीले सँसद विघटन गरिदिएर ताजा जनादेशमा जाने निर्णय गर्दा नेपालको वर्तमान संविधान निश्चय नै धरापमा परकोले धेरैले यस विषयलाई ‘संवैधानिक कुप’ को संज्ञा दिएका छन् । नयाँ संविधान सभाले बनाएको सँसद तीन वर्षको नपुग्दै दुई तिहाई नजिकको पार्टीका प्रधानमन्त्री ओलीले सँसद विघटन गरि दिने विषय चानचुने होइन । यसमा देशी विदेशी शक्तिहरुको ठूलो स्वार्थ र चलखेल पनि छ । नेपालको संविधानले बहुमतको सरकारले विश्वासको मत नै नलिई आफ्नो सम्भावित बहिरगमनको अन्दाज लगाएर अविश्वासको प्रस्तावको संसदबाट संसद विघटन गर्नु भनेर संविधान विपरित कुरा हो । नेपालको वर्तमान संविधानको धारा ७६ को उपधारा ७ मा संसद विघटन सम्बन्धी एउटा प्रावधान छ । यस धारामा संयुक्त सरकार हुँदा कसैको पनि बहुमत नआएको अवस्थामा अल्पमतको प्रधानमन्त्रीले विश्वासको मत नपाउने परिस्थितिमा मात्रै संसद भंग गर्न सक्ने प्रावधान राखिएको छ ।

बहुमतको प्रधानमन्त्रीलाई पनि विश्वासको मत प्राप्त नहुने वा हुननसक्ने परिस्थितिको संविधानमा परिकल्पना गरिएको देखिदैन । यसर्थ यहाँ के बुभ्mनु पर्छ भने संविधानले काम गरेन । त्यसैले यो संविधान मृत्युवरण भयो या यसको पुर्नव्याख्या सर्वोच्च अदालतले गर्नु पर्ने भयो या अर्को संविधान निर्माण गर्नुपर्ने भयो वा पुरानै संविधानतिर फर्कनु पर्ने भयो । प्रधानमन्त्री ओलीको संसद विघटन सम्बन्धी कदमले प्रश्न उठेको छ । वहाँले प्रतिनिधिसभा संसद २०४७ को संविधान अन्तर्गत विघटन गर्नु भएको हो ? तर कुन धारा अन्तर्गत ? धारा उपधारा त २०७२ को संविधानकै प्रयोग गरिएका छन् । यस अर्थमा प्रधानमन्त्री र राष्ट्रपतिले नेपालको वर्तमान संविधानको धज्जी उडाई दिएका छन् ।

संविधानको धारा ७६ को उपधारा ७ मा भनिएको छ उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा मात्र वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचन सफल हुने गरि निर्वाचनको मिति तोक्नेछ । उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले मात्र संसद विघटनको सिफारिस गर्न सक्छ । तर प्रधानमन्त्री ओली संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलबाट नियुक्त भएका हुन् । धारा (५) अनुसार काकताली परेर अनि प्रधानमन्त्री बनेका होइनन् भनेर चार जना सर्वोच्च अदालतका पूर्व न्यायधिसहरुको संयुक्त विज्ञप्तीले पनि नेपालको संविधानले काम गर्न असमर्थ भएको तर्फ संकेत गर्दछ । ७६ को (७) बमोजिम संसदमा कसैले पनि बहुमत जुटाउन नसक्ने अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपति समक्ष मध्यावदीको सिफारिस गर्न सक्दछ । तर आपूmले विश्वासको मत गुमाएतापनि अरुले संसदमा विश्वास जुटाउन सक्ने अवस्थामा विघटनको सिफारिस असम्भव हुनुपर्ने हो । तर धारा ८५ (१) मा प्रतिनिधिसभाको कार्यकालबारे भनिएको छ, ‘‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’’ ।

यसर्थ प्रधानमन्त्री र राष्ट्रपति निकट विद्धान कानूनविद्हरु प्रतिनिधिसभा जहिले पनि विघटन हुनसक्ने ठान्छन् । यो प्रतिनिधिसभा विघटनले प्रधानमन्त्रीले क्याविनेटमा मन्त्री नियुक्त गर्न सक्छन्कि सक्दैनन् उनी काम चलाउ प्रधानमन्त्री हुन् या शक्तिशाली ? सभामुख, उपसभामुख जीवित छन्कि उनीहरुको पनि संसदसँगै दाहसंस्कार भयो ? प्रधानमन्त्री अब कसका हुन् ? अब के हुन्छ ? चुनाव हुन सक्ला ? आदि अनेक अनुत्तरित प्रश्नहरु त छँदैछन् । तथापी धेरै प्रश्नको उत्तर संविधानको व्याख्या सहित अदालतले देला या संसद पुनस्र्थापना गर्ला ? पर्खनु पर्नेछ । यति चाँही भन्न सकिन्छ कि संविधानको संरक्षक परिपालक भनिएकी राष्ट्रपतिबाट नै संविधानको दाहसंस्कार भयो । संवैधानिक ‘‘कुप’’ भयो भनेर । संघीय लोकतान्त्रिक गणतन्त्रको विदेशी विचार बोकेको व्यवस्था नेपाली जनताले चाहेको व्यवस्था होइन । यसको अन्त्य अवश्यभावी छ । प्रधानमन्त्रीले परिवन्दवश, परिस्थितिवश, विवशतावश र बाध्यतावश संसद विघटनको कदम चालेका हुन् । उनले संविधान र कानून भन्दा अलि पर अन्तर्राष्ट्रिय मान्यतालाई पछ्याएको चाहि पक्कै हो र संविधानका निर्माणताहरु नै संविधान मान्दैनन् भन्ने एउटा उदाहरण हो ।

आज भोली राजावारे देशी विदेशी धारणा कस्तो छ ?

राजाले पनि पहिले संसद पुनस्र्थापना गरिदिएर गिरीजाप्रसाद कोइरालाजस्तो भारतीय चन्द्रशेखर मिसनको पाल्तु कुकुरलाई प्रधानमन्त्री पदको सपथ खुवाएर ठूलो गल्ती गरेकै हुन् । राजाले गल्ती गर्दैनन् भन्ने सर्वमान्य सिद्धान्तलाई वेवास्ता गरेकै कारण नेपालमा राजसंस्थाको वहिर्गमन हुन पुगेको हो । पछिल्लो चरणमा राजा सत्ता बाहिर हुँदा खुब लोकप्रिय बन्न पुगेका छन् । नेपाली जनताले राजालाई बुद्ध भगवानको उपमा पनि दिए । खुब प्रशंसा पनि गरे । तर राज बुद्ध भगवान बन्ने कि नेपाली जनताको अभिभावक बन्ने ? निर्णय गर्ने बेला आएको छ । एउटा कुरा के सत्य हो भने राजालाई जनतालाई नसोधी केही व्यक्तिहरुले नियम कानून मिचेर कथित संविधानसभाको हवाला दिंदै जवरजस्ती निकालेका कारण नेपाली जनता भने आज पर्यन्त राजसंस्थाको बहालीको पक्षमा उभिएका छन् । नेपाली जनताहरु बडो न्यायप्रेमी, विवेशशिल र धैर्यवान छन् । राजसंस्था हुँदामात्र शान्ति, स्थायित्व र विकास सम्भव छ भन्ने हेक्का राख्दछन् । अन्तर्राष्ट्रिय समुदाय पनि नेपालमा स्थायित्वका लागि राजसंस्था अति आवश्यक रहेछ र यसको पुनस्र्थापना गर्नु पर्दछ भन्ने टुंगोमा पुगिसकेको छ । हिंजो राजाले गल्ती गर्दा छोडेर गएका सचिवहरु पनि आज पुनः राजालाई साथ दिन आतुर देखिएका छन् ।

आगामी राजनीति कतातिर जाला ?

नेपालको वर्तमान अवस्थालाई मूल्यांकन गर्दा विगत तीस वर्ष यता मुलुक विदेशीहरुको खटनपटन र इशारामा चलेको पाईन्छ । करोडौं नेपालीहरुलाई विदेशीका भरौटेहरुले देशभित्र गरि खानै दिएनन् र बाहिर लखेटे, दास बनाए, राजालाई समेत लखेटे, धर्म, संस्कृती मासे, अर्थतन्त्र डामाडोल पारे, जग्ग जमिन बाँझो बनाए, जनता मारे, मानवधिकार र महिलाअधिकारका नाममा महिलाहरुलाई वेश्या बनाए, भ्रष्ट्राचारले मुलुक आक्रान्त पारे, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको हवाला दिंदै सबै कार्यकर्ता र समर्थकलाई वेरोजगार बनाए, समग्रमा देशलाई नै खोक्रो बनाए । तर अब नेपालीले कुरा बुझिसके । उनीहरु आफ्नो राजालाई नारायणहिटीमा फर्काएर मुलुकमा राष्ट्रियताको ज्योती बालेर राजा जनता एक भएर सबै बिकृती, विसंगतीका विरुद्ध जुध्न र राष्ट्रनीतिका आधारमा राष्ट्रिय एकता कायम गरि पूर्खाले विरासतमा छाडेर गएको यो सिंगो र सग्लो नेपाललाई सिंगार्न लालयित देखिएका छन् । अबको नेपाल हिन्दू अधिराज्य सहितको ओमकार सभ्यतामा आधारित ससंस्कृत, सभ्य र विकसित हुने दिशातर्पm अग्रसर हुनेछ । यस कार्यमा हामी सबैको त्याग र बलिदान पनि मातृभूमीले रोजेको छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता