१८ दिन सम्म बिजुली बिहिन बनेको लाम्मेला गाउँमा आज साझ बाट उज्यालो बन्दै ।


काठमाण्डौं :  १८ दिन सम्म बिजुली बिहिन किन बन्यो अन्धकार ?
पश्चिम बाग्लुङको तमानखोला गा.पा.४ लाम्मेला र हिले गाउँमा १८ दिन यता बिग्रेको बिजुली आज साझसम्म बल्ने दावी गरिएको छ् ।
२०६४ सालमा स्थानीय जनताहरुको आर्थिक र भौतिक सहयोगमा निर्माण भएको ठुलोखोला जलविद्युतमा अचानक समस्या आएपछि स्थानीय मर्कामा परेका हुन ।

बिजुली बत्ती नहुदा सूचना संचार बाट बन्चित हुन परेको र रातीको बेला झनै समस्या झेल्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ ! तर बिजुली बिग्रनु पछिको कारण भने स्थानीय र सम्बन्धीत संस्थाको कर्मचारीको लापरबाही नै रहेको (appropriate engineering company  )एप्रोपिरियत इन्जिनियरिङ कम्पनी बुटवलको म्यानेजर दल बहादुर खड्काले जानकारी दिनु भयो ।अचानक बिजुलीमा समस्या आएपछि मर्मतको लागी पहिलो चरणमा बुर्तिबाङबाट २ जना प्राविधिक ल्याइयो उनिहरुले मेसिन खोलेर बुर्तिबाङ बजार नै पु¥याउनु पर्ने र खर्च २ लाख ५० हजार लाग्ने भनेपछि आफुहरुले सिधै बुटवल कम्पनीमा फोन गरि कम्पनीकै निर्देश अनुसार मेसिन बुटवल मर्मतको लागी पु¥याएको विद्युत अध्यक्ष तारानाथ श्रीपालीले जानकारी दिनुभयो ।

अध्यक्ष श्रीपालीको अनुसार बुटवलमा १ लाख ५० हजार खर्चमा मेसिन मर्मत हुने कुरा पक्का पक्की भएसंगै केहि रकम एडभान्स छोडी आफुहरु थप पैसा संकलनको निमित्त गाउँ फर्किएको जानकारी दिनुभयो ।

केहि दिनको अन्तरालमा मेसिन मर्मत गरि गाउँ पठाइयो तर दक्ष प्राविधिक नहुदा मेसिन जडानमा समस्या आयो बुर्तिवाङ बाट ल्याइएको प्राविधिकले समेत समस्या समाधान गर्न सकेनन् अन्ततः विकल्प बिहिन भएर फेरि कम्पनी बाटै प्राविधिक टोलि बोलाइएको तारानाथ श्रीपालीको भनाइ छ। काम गरिरहेको अपरेटर्सले जडान गर्न सक्नुभएन भन्ने प्रश्नमा उहाँले अपरेटर्सको काम केवल बिजुली दिने र बन्द गर्ने जस्तो मात्रै भएकोले त्यो प्रति त्यतिदक्ष भएको हामीले महसुस गरेनौं अध्यक्ष श्रीपाली।

फोनमा भनेकै आधारमा जडान गर्ने काम पनि भयो तर पावरहाउसमा बिजुली बलेपनी आउटपुट दिएन, झन जेनेरेटरको मोटर्बोर्ड नै जलेछ, हाल प्राविधिक पक्षको खर्च बाहेक पनि १ लाख ८० हजार मेसिन मर्मतको निमित्त खर्च आएको छ। एक प्राविधिक संगै कम्पनीका म्यानेज स्वयं लाम्मेलामै आएर हिजो देखी निरन्तर काममा खटेको जानकारी छ। कम्पनी म्यानेजर दल बहादुर क्षेत्रीले जेनेरेटर जलेको र टर्बाहिन घुमान पानी पास हुने भल्भ समेत बिग्रेकोले ठुलो बजेटमा खर्च लागेको बताउनु भयो ! आज लगभग ९० प्रतिशत काम सकिएकोले साझ ४ बजेसम्म बिजुली बाल्ने लक्ष्य रहेको समेत उहाले जानकारी दिनुभयो ।

मोटरबोर्ड, एल सि बोर्ड जलेपछी मात्रै जेनेरेटरमा समस्या आउने हो तर पावरहाउसमा अपरेटर नबस्ने हुनाले यो समस्या खडा भएको क्षेत्रीको दावी छ।
अध्यक्ष तारानाथ श्रीपालीको अनुसार आफू अध्यक्ष हुँदा बिजुलीको बजेट ९० हजार मात्रै रहेको र त्यसमध्ये पनि माथिल्लो बिजुलि र मिल निर्माण गर्दा करिव ३०,३५ हजार खर्च भैसकेको कारण हाल बजेट अभाव छ! हामीले तत्कालीन समस्या समाधान गर्नको लागि खानी संचालन समिति बाट ४१ हजार सामुदायिक वन को थितिमिती कोषबाट १५ हजार र केहि ब्यक्तिगत खर्च व्यस्थापन बाट जोहो गरेको जानकारी प्राप्त भएको छ।


सम्बन्धित खवर