
काठमाडौं : नेपाली काँग्रेस , नुवाकोट तरुण विभाग उप–संयोजक, नेपाली काँग्रेस नुवाकोटका सक्रिय युवा नेता हुन्, लुमडी कार्की । सुरुदेखि नै नेपाली काँग्रेसको साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएका छन् ।
कार्कीले नेपाल तरुण दल र भुगोल तथा संगठन काम सुरु गरेका हुन् । राजनीतिका अलावा निर्माण व्यवसाय र विभिन्न संघ संस्थामा काम गरेको अनुभव रहेको छ । आफु भनेर आउनेलाई हमेसा सहयोग गर्दै आएको छु । स साना कामलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएका उनी पार्टीको इमान्दार सिपाही हुन् । जहाँनिय राणा शासनदेख आजसम्मको हरेक राजनीनिक आन्दोलनमा काँग्रेसको निर्णाक भूमिका रहेको छ । काँग्रेसलाई यहाँसम्म ल्याउन विपी, गणेशमान सिहं र कृष्ण प्रसाद भटराईको ठुलो भूमिका रह्यो तर उहाँहरु जस्तो नेता आज काँग्रेसमा रहनु भएको छैन ।
त्यही प्रेरणाले म काँग्रेस राजनीतिमा आएको हुं उनले भने । तर राजनीतिलाई पेसा बनाएर खानेहरुको जमात ठुलो छ । नेपालको राजनीतिलाई गहिराईबाट समिक्षा गर्ने हो भने धेरै कुरा छन् । कुनै पनि पार्टीका नेताहरुमा मैले देशभक्ति देखेको छैन । राजनीति देश र जनताको लागि भन्दा पनि सत्ता, पार्टीगत, व्यक्तिगत र नातावादल कृपावादले सताईरहेको उनको स्पष्ट कथन रहेको छ ।
अब देश सनातनहिन्दु राज्य नै हुनुपर्छ । अर्को यदि देशको समृद्धि चाहेको हो भने शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्दछ भन्ने स्पष्ट मान्यता राख्छन् । साथै भ्रष्टाचारीहरुलाई आजीवन कारावासको व्यवस्था हुनुपर्दछ । देश अब बुढाखाडाहरुबाट चल्दैन, युवाहरु निर्णायक भूमिकामा आउनुपर्दछ ।
तपाईको राजनीतिक तथा पारिवारिक पृष्ठभूमी के हो ?
माथिको हरफमा पनि भनिसकेको छु कि काँग्रेसको राजनीतिक पृष्ठभूमी नै मेरो राजनीतिक प्रेरणा हो । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई जिल्लाका सम्पूर्ण सम्माननित नेता गण तथा अर्जुननरसिंह केसी, चन्द्र भण्डारीको प्रेरणाले नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएं । मेरो जन्म विदुर १३ हुलाकघर नुवाकोटस्थित बुबा स्व। मानबहादुर तथा आमा मानकुमारीको कोखबाट २०४० जेष्ठ २९ गतेका दिन भएको हो । प्रष्ट बोल्ने स्वभाव हो मेरो, अन्याय सहन सक्दिन । विशुद्ध किसान परिवारमा हुर्केबढेको हुँ, त्यसैले हाम्रो मध्यम वर्गिय परिवार हो । यद्यपी बुबा समाजसेवी हुनुहुन्थ्यो ।
पार्टीको कुन कुन संगठनमा बसेर काम गर्नुभयो ?
मैले नेपाल तरुण दलबाट राजनीति सुरु गरेको हुं । उक्त संगठनको जिल्लाको नेपाल तरुण दल विभागको उपसंयोजक रहेको छु । म सुरुदखि नै राजनीतिको अलावा बिजनेसमा सक्रिय थिएं, छु । निर्माण व्यवसाय चलाउदै आएको छु । साथै, पार्टीको युवा तथा संगठन निर्माणमा समेत भुमिका खेल्दै आएको छु । साथै, सनातन संस्कृति समाज नेपालको केन्द्रीय समेत रहेको छु ।
खासमा राजनीतिलाई कसरी बुझ्नु भएको छ र?
खासमा राजनीति फोहोरी खेल रहेछ । अहिले मैले विपीले लेख्नु भएको पुस्तकहरु पढिरहेको छु । विपीले जस्तो संघर्ष अहिले नेता वा तपाई हामीले गर्न सक्दैनौ । २००७ सालको प्रजातन्त्र ल्याउनेदेखि मोहन शमशेरसम्मको मन्त्रिपरिषद्मा बसेर खेलेको भुमिका तथा २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ सिटदखि १८ महिने सरकार चलाउदा उनले गरेका काम र संघर्षलाई हेर्ने हो भने धेरै सम्झनलायक छन् । त्यसपछि प्रजातन्त्रमाथि कु गरी तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे ।
त्यस्तो अवस्थामा पनि कहिंकतै विचलित नभई जिवन पर्यान्त संघर्ष गर्नुभयो । उनैले जन्माएको पार्टी देशको ठुलो प्रजातान्त्रिक पार्टी बनेको छ । त्यस्तो गौरवशाली पार्टीको सिपाही हुन पाउंदा गर्व महसुस हुन्छ । त्यसैले अहिलेको राजनीति शुद्धिकरण आवश्यक छ । सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ । अर्को ०४६ देखि आजसम्म सत्तामा रहेका नेता र कर्मचारीको सम्पक्ति छानविन हुनुपर्दछ ।
आजको अवस्थामा नेपाली काँग्रेस ईतिहासमै कमजोर अवस्थामा छनि ?
नेपाली काँग्रेस यो देशमा कहिल्यै कमजोर थिएन, छैन । आफु हारेर पनि संधैं देशलाइ जिताउंदै आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति
संघर्ष ग¥यो तपाई हामी सबैले देखे, सुने बुझेकै छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुंदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो कांग्रेसको कारणले मात्र सम्भव भएको हो । पहिलोे संविधानसभामा कम्युनिष्टहरुले जिते, संविधान दिन सकेनन्, विडम्वना बिघटन नै गरे । त्यसपछि दोस्रो संविधानसभा चुनावमा नेपाली काँग्रेसले हामीलाई जिताउनुस, हामी संविधान दिन्छौ भन्यौं । नेपाली जनताले हामीलाई ठुलो पार्टी बनाए । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं । काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो ।
यस पटकको चुनावमा पनि हामीले त्यसै ग¥यांै । बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्था थियो । वाम गठबन्धन बनिरहेको अवस्थामा हार्छौं भन्ने थाहा हुंदाहुंदै पनि चुनाव गराईयो । आज वाम गठबन्धनले दुनियाँ कुरा गरेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरे त रु झण्दै दुई तिहाईको संसद पार्टीभित्रकै झगडाले विघटन गरे । संविधान कार्यान्वयन कहाँ पुग्यो भण्दाखेरी धरापमा परिएको छ । विभिन्न काण्ड मच्चाईरहेको छ रु सुशासनमा सरकार कहाँ छ, कर, महंगी बढिरहेको छ । एत्रो कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा गरे । प्रधानमन्त्रीबाट असंवैधानिक काम भएकै छ तर देश चुनावमा जानुको विकल्प छैन ।
त्यसोभए वाम सरकार पुरै असफल भन्न खोज्नु भएको हो ?
यो वाम सरकार सफल छैन । जहातही विकृतिविसंगति रहेको छ । देशमा अस्थिर राजनीति चल्न खोजिरहेको छ । खुसी नेपाली सुखी नेपालीको एजेन्डामा चुनाव जितेको वाम गठबन्धनले समृद्धिको कुनै पुर्वाधार खडा गर्न सकेन । अरु रेल, पानी जहाज, मोनो रेल र मेट्रो रेल त कहिले हो कहिले । एउटा मेलम्चीको पानी समेत समयमा ल्याउन नसक्नेबाट के आसा गर्ने ।
उपत्यकामा पानीको एत्रो हाहाकार छ, अब छिट्टै पानी ल्याउछन् भनेको त ठेकेदार कम्पनी नै भाग्यो । त्यहां पनि कमिशनकै कुरा आएको छ । दुई तिहाईकोे वाम सरकार चलिरहंंदा देश र जनतामा झन् बेहालको अवस्था सृजना भएको छ । डण्दहिनता बढेर गएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भयो, उनको परिवारले अहिलेसम्म न्याय पाएनन् । न्यारो वडी, वाईडबडीमा त्यत्रो भ्रष्टाचार भएको तथ्यांक बाहिर आईरहंदा कसैलाई कारबाही नहुनु यो सरकार भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा प्रष्ट भएको छ ।
काँग्रेसले वाम सरकारको निरन्तर विरोध मात्र गरिरहनुको कारण के हो ?
हामीले विरोधको नाउँमा विरोध गरिरहेका छैनौ नि । चुनावको बेला हाम्रो पार्टी तथा सभापतिले भन्नुभए जस्तै यदि वामपन्थीहरुले जिते भने रुन पनि पाईदैन, अधिनायकवाद आउँछ भन्नुभएको थियो । यद्यपी अहिले उनीहरु टुक्रिएको अवस्था छ, खतरा त छदैछ । सम्पुर्ण अधिकारहरु अहिले प्रधानमन्त्री मातहत लगियो । वालुवाटार लगायत विभिन्न जग्गा खरिद प्रकरण त्यसरी नै चर्चामा आयो तर कारवाही भएन । तीन वर्ष सत्तामा रहंदा उहाँहरुले काण्डै काण्डमा अल्मलिरहनु भएको छ ।
झण्डै दुई तिहाईको सरकार थियो तर काम गर्न सक्नु भएन । जनताको पक्षमा धमाधम काम गरेको भए हुने नि । उहाँहरुलेझै हामीले संसद अवरोध गर्ने, सडक आन्दोलन गर्ने, रेलिङ भाँच्ने काम त गरेका थिएनौ । यस्तो सजिलो प्रतिपक्ष विश्वमा कहि पनि पाईदैन । राम्रा कामको समर्थन, गलत कामको संसदमा आवाज उठाउने काम त गरेका थियौं, छौं । तर सरकार गठन भएको तीन वर्ष कटिसक्दा एउटा पनि सिन्को भाँच्न सकेको अवस्था छैन । सरकार दिनानुदिन असफल हुंदै जादा संसद नै विघटन गरेर अस्थिर राजनीतिको सुरुवात गरिएको छ ।
० देश र जनताको पक्षमा केहि गरेन भन्ने कांग्रेसलाई पनि निरन्तर आरोप छनि ?
यो देशमा नेपाली काँग्रेस बिना कुनैपनि आन्दोलन र राजनीतिक परिवर्तन सम्भव भएको छैन । चारजना कम्युनिष्ट नेता प्रधानमन्त्री भए तर संविधान दिएनन्, बरु दोस्रो संविधान सभा निर्वाचन हुने भयो, हामीले जनतामा भन्यांै कि, नेपाली काँग्रेसलाई जिताउनुस, हामी संविधान दिन्छौ । संविधानसभाबाट संविधान ल्याउन समेत नेपाली काँग्रेस नै चाहियो ।
अहिले कम्युनिष्टले भने जस्तो समृद्धि पनि काँग्रेसबाट मात्र सम्भव छ । हाम्रै निती र कार्यक्रममा हिंडिरहेको कम्युनिष्टसंग हामीलाई के को डर रु समाजवाद, बहुलवाद र आर्थिक उदारवादको निती समेत हाम्रै हो । त्यसैले यो देशमा नेपाली काँग्रेस ठुलो योगदान र संघर्ष गरेको छ । आज गाउँ गाउँमा सडक पुर्वाधार पुगेका छन् । विद्युत, खानेपानी, शिक्षा, सञ्चार, वित्तिय संस्था आदिमा जुन प्रगति भएका छन्, ति सबै नेपाली काँग्रेसकै निती र कार्यक्रम हो ।