
काठमाडौं: शंखादेवी भूपू बिध्यार्थी समाजले तत्कालीन समयमा २०७६र११र२४ गते गर्ने भनिएको र कोभीड(१९ को कारणले रोकिएको बनभोज, भेटघाट तथा बिबिध संस्कृतिक कार्यक्रम सहित साधारणसभा मार्फत नयाँ कार्यसमिति निर्माण कार्यक्रम यहि चैत १४ गते शनिबार बालाजुस्थित २२ धारामा गर्ने निर्णय आज नयाँ बजारको डेला क्याफेमा भएको भूपू बिध्यार्थीको कार्यसमितिले निर्णय गरेको छ ।
संस्थाको अध्यक्ष रामचन्द्र धमलाको अध्यक्षतामा आज बसेको बैठकले बनभोज कार्यक्रम सु(सम्पन्न गर्न बिबिध उप समितिहरू निर्माण गरेर अधिकार प्रत्यायोजन गरेको छ । आजको बैठक को निर्णय बारे संस्थाको महासचिव नवराज लम्सालले बताउनु भए अनुसार चैत १४ गते राष्ट्रिय स्तरको कलाकारहरूको प्रस्तुति संगै बनभोज कार्यक्रम गरिने र नयाँ कार्य समिति निमार्ण गरेर संस्थालाई अगाडि बढाईने योजना रहेको बताउनु भयो ।

सो कार्यक्रम सफल बनाउनको लागि विभिन्न उपसमितिहरू निर्माण गरिएको छ । आज बसेको बैठकले राम चन्द धमलाको संयोजकत्वमा आर्थिक उप( समिति निर्माण गरिएको छ । सो समितिको सदस्यहरूमा निरू धमला, सोबिता धमला, कृष्ण प्रसाद बोहरा, दिपा धमला, निर्मला धमला, ज्ञान नारायण श्रेष्ठ, नन्द बहादुर गुरूङ र बिष्णु प्रसाद घिमिरे रहनु भएको छ । यसैगरी आजको बैठकले बनभोज कार्यक्रम व्यवस्थापन उप( समितिको संयोजक सहदेव धमलालाई तोकेको छ भने सदस्यहरूमा बिनोद धमला, के. बि. शाह, सचिन धमला, सुरेश धमला, उज्ज्वल धमला, केशव धमला, श्याम बिक्रम शाह, सन्तमान शाक्य, प्रकाश शाक्य, बिष्णु प्रसाद घिमिरे रहनु भएको छ । यसैगरी वनभोज तथा साधारण सभा कार्यक्रमको प्रचारप्रसार उप( समितिको संयोजकमा संस्थाको महासचिव श्री नवराज लम्साल रहनुभएको छ भने सदस्यहरूमा अशोक धमला, ज्ञान नारायण श्रेष्ठ र नन्द बहादुर गुरूङ रहनु भएको छ ।
यसैगरी कार्यक्रमलाई भव्य र शव्य बनाउन सम्पूर्ण अग्रजहरूलाई समन्वय गर्न बनभोज समन्वय उप( समिति फडिन्द्र धमलाको संयोजकत्वमा निर्माण गरिएको छ । जुन समितिको सदस्यहरूमा शम्भु धमला , ठमेल भुमिनन्ध धमला, नित्यनन्द सुवेदी, राम बहादुर श्रेष्ठ, हरि लम्साल, ईश्वरी बहादुर लम्साल र रमेश श्रेष्ठ ९सल्ले० लाई छनोट गरिएको छ । धादिङ जिल्ला भरिमा नै चर्चित बिध्यालयको रूपमा स्थापित शंखादेवी उच्च माध्यमिक बिधालय ले राष्ट्रिय रूपमा ख्याति कमाएका डा। नवराज लम्साल, ऋषि धमला, कल्पना धमला, ऋषिराज लम्साल, बिएन ढकाल, शम्भु धमला, हरिहर शाह, टीका धमला, बिके लम्साल, डा। रामहरि दाहाल लगायत सयौं चर्चित व्यक्तित्वहरू जन्माएको बिध्यालय भएकोले कार्यक्रम असाध्यै भव्य रूपमा सम्पन्न गरिने र उर्जाशिल नयाँ नेतृत्व चयन गरेर भूपू बिध्यार्थी समाज अगाडि बढाउन जिम्मा दिईने योजना रहेको छ ।